Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

समाज

दोश्रो अन्तर्राष्ट्रिय तमू सम्मेलनका लागि विश्वभरका गुरुङहरु सिक्किममा

दोश्रो अन्तर्राष्ट्रिय तमू सम्मेलनका लागि विश्वभरका गुरुङहरु सिक्किममा

images

इच्छाकामना न्युज

२५, आश्विन २०७९
दोश्रो अन्तर्राष्ट्रिय तमू सम्मेलनका लागि विश्वभरका गुरुङहरु सिक्किममा
images

सिक्किम । मंगलबारदेखि सुरु हुने दोश्रो अन्तर्राष्ट्रिय तमू सम्मेलनको तयारी पुरा भएको छ । भारतको सिक्किम स्थित देन्ताममा हुने सम्मेलनको सम्पूर्ण तयारी पुरा भएको आयोजक अन्तर्राष्ट्रिय तमू परिषद्ले जनाएको छ । IMG_20221011_002057.jpg असोज २५, २६ र २७ गते अर्थात २०२२ अक्टोबर ११–१२ र १३ गते सम्म चल्ने सम्मेलनका लागि विभिन्न देशबाट प्रतिनिधिहरु सिक्किममा आइसकेका छन् । सम्मेलनमा तमू समुदायको भाषा, धर्म, संस्कार, संस्कृति, आर्थिक अवस्था, सामाजिक अवस्था, शैक्षिक स्थिति, विकास, पहिचान लगाएतको विषयमा व्यापक छलफल र बहस हुने सम्मेलन आयोजक अन्तर्राष्ट्रिय तमू परिषद्का अध्यक्ष कर्ण बहादुर गुरुङले जानकारी दिनुभयो । अन्तर्राष्ट्रिय तमू परिषदको आयोजनामा सिक्किममा हुने सम्मेलनको अखिल भारतीय गुरुङ तमू बौद्ध संगठनको संयोजकत्वमा र गुरुङ एसोशियशन अफ सिक्किमले व्यवस्थापन गर्ने छ । सम्मेलनको सिक्किमका मुख्य मन्त्री प्रेमसिंह गोलेले उद्घाटन गर्नुहुनेछ । यस अघि पहिलो सम्मेलन २०७६ साल असोज २४ र २५ अर्थात सन् २०१९ को अक्टोबर ११ र १२ गते काठमाडौंको राष्ट्रिय सभा गृहमा सम्पन्न भएको थियो । उक्त सम्मेलनमा ५५ वटा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय तमू संघ – संगठनहरुको सहभागीता रहेको थियो । तमू अन्र्तराष्ट्रिय सम्मेलन प्रत्येक ३÷३ वर्षमा हुनेछ ।

images
प्रकाशित मिति :आश्विन २५, २०७९ मंगलवार - ००:३४:४८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology