Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

घ्याल्चोकको ज्ञानमार्ग माविमा अनियमितता भएको भन्दै अविभावकले  ताला लगाए

घ्याल्चोकको ज्ञानमार्ग माविमा अनियमितता भएको भन्दै अविभावकले  ताला लगाए

images

इच्छाकामना न्युज

१४, पौष २०७७
घ्याल्चोकको ज्ञानमार्ग माविमा अनियमितता भएको भन्दै अविभावकले  ताला लगाए
images

गण्डकी, १४ पौष । गोरखाको घ्याल्चोकमा रहेको ज्ञानमार्ग माध्यामिक विद्यालयमा अनियमितता भएको भन्दै अविभाबकले विद्यालयमा ताला लगाएका छन् ।
गण्डकी गाउँपालिका वडा नम्बर ७ मा रहेको विद्यालयमा भष्ट्राचार भएको, डण्डी खरिदमा अनियमितता भएको, विद्यालयको पैसा ब्यक्तिलाई सापटी दिएको, कर्मचारी नियुक्तीमा आफ्ना मान्छे भर्ती गरेको लगायता विषयमा असन्तुष्टि जनाउँदै अविभाबकले ताला लगाएका हुन् ।
सोमवार विद्यालय पुगेका अविभाबकले प्रधानाध्यापकले राजिनामा दिनुपर्ने, तत्कालन विद्यालयको अनियमितता छानबिन गर्न समिति गठन गर्नुपर्ने, प्रश्नपत्र बाहिरिएको घटनाको छानबिन गर्नुपर्ने लगायत माग राख्दै विद्यालयको प्रशासन कक्षमा ताला लगाईदिएका छन् ।
‘विद्यालयमा एकपछि अर्को अनियमितता भयो’ एक अविभाबकले भने ‘पटक पटक भन्दा सुनुवाई नभएपछि ताला लगाएका हौँ ।’ अफिस कक्षमा तालाबन्दी गरिएपनि पठन पाठन भने निरन्तर गराउनुपर्ने माग अविभाबकको छ ।
विद्यालयका प्रधानाध्यापक टंकप्रसाद नेपालले भने ल्याब टेक्निसियन छनौट प्रक्रियामा जिज्ञासा राखेकाले छलफल भएको बताए । ‘अविभाबकले जिज्ञासा राख्नुभएको हो, हामीले प्रक्रिया पुरा गरेको छौँ’ उनले भने । तालबन्दी भएको विषयमा उनी थप बोल्न चाहेनन् ।
वडा अध्यक्ष तुलसी रेग्मीले विद्यालयको केही विषयमा अविभाबकले चासो राखेको बताए ।
‘अविभाबकले केही विषयमा कुरा उठाउनुभएको छ, पछिल्लो समय ल्याबका कर्मचारी नियुक्तीमा प्रक्रिया मिलेन भन्ने गुनासो हो, हामी छलफल गरेर टुङ्ग्याउँछौँ ।’ विद्यालयमा सोमवार साँझ सम्म छलफल चलेपनि निश्कर्षमा पुगेन । माग सुनुवाई नहुँदा र विद्यालयलाई शैक्षिक केन्द्रको रुपमा बिकास गर्ने योजना नहुँदा सम्म ताला नखोल्ने अविभाबकले चेतावनी दिएका छन् ।

images
प्रकाशित मिति :पौष १४, २०७७ मंगलवार - ०८:१०:२२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology