Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

अनुमतिबिना कर्मचारीको सरुवा नगर्न र नगराउन सरकारलाई निर्देशन 

अनुमतिबिना कर्मचारीको सरुवा नगर्न र नगराउन सरकारलाई निर्देशन 

images

इच्छाकामना न्युज

७, आश्विन २०७९
अनुमतिबिना कर्मचारीको सरुवा नगर्न र नगराउन सरकारलाई निर्देशन 
images

काठमाण्डौ । निर्वाचन आयोगले अनुमति नलिइ कुनै पनि कर्मचारीको सरुवा नगर्न र नगराउन सरकारलाई निर्देशन दिएको छ । आयोगले सूचना निकालेर सरुवा भइसकेका कर्मचारीलाई रमाना दिइ असोज ९ गते अर्थात पर्सिसम्ममा सम्बन्धित कार्यालयमा हाजिर भइसक्ने व्यवस्था गर्न पनि सरकारलाई निर्देशन दिएको छ।

आयोगले हिजोदेखि अस्थायी मतदाता नामावलीमा कर्मचारीहरूको नाम समावेश गर्ने प्रक्रिया सुरु गरेकाले कर्मचारी सरुवा हुँदा लगत लिन समस्या हुने जनाएको छ ।

विभिन्न तहका सरकार तथा सार्वजनिक निकायले कर्मचारी सरुवा गरिदिँदा अस्थायी मतदाता नामावली सङ्कलनको काममा बाधा उत्पन्न हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निकालेको विज्ञप्तिमा उल्लेख छ।

images
प्रकाशित मिति :आश्विन ७, २०७९ शुक्रवार - ०८:५६:३९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology