Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

समानुपातिकको निर्वाचन कार्यतालिका सार्वजनिक, असोज ३ गतेसम्म समानुपातिक उम्मेद्वारको बन्दसूची पेश गर्नुपर्ने 

समानुपातिकको निर्वाचन कार्यतालिका सार्वजनिक, असोज ३ गतेसम्म समानुपातिक उम्मेद्वारको बन्दसूची पेश गर्नुपर्ने 

इच्छाकामना न्युज

२७, भाद्र २०७९
समानुपातिकको निर्वाचन कार्यतालिका सार्वजनिक, असोज ३ गतेसम्म समानुपातिक उम्मेद्वारको बन्दसूची पेश गर्नुपर्ने 

काठमाण्डौ । निर्वाचन आयोगले प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार  असोज २ देखि ३ गतेसम्म दलहरूले उम्मेदवारको बन्दसूची आयोगमा पेश गर्नुपर्नेछ ।

images

बन्दसूचीमाथि आयोगले असोज ४ देखि ९ गतेसम्म छानबिन गर्ने र कानुन अनुसार नभएमा सच्याउन दहरूलाई सूचित गर्नेछ । दलहरूले बन्द सूची सच्याएर असोज १० देखि १६ गतेसम्म पेश गर्नुपर्ने कार्यतालिकामा उल्लेख गरिएको छ । उम्मेदवारको बन्दसूची पेश गर्दा ऐन, नियमावली तथा निर्देशिकामा उल्लेख भएको प्रक्रिया पूरा गरी ऐन, नियमावली तथा निर्देशिकाबाट निर्देशित भएबमोजिम समानुपातिक समावेशी प्रतिनिधित्व हुनेगरी आवश्यक कागजात पनि संलग्न गर्नुपर्ने आयोगले जनाएको छ ।

images
प्रकाशित मिति :भाद्र २७, २०७९ सोमवार - ०९:१९:४० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology