Logo

आइतवार, कार्तिक ९ गते २०८३

images
२०८३, कार्तिक ९ गते
TRENDING
images

बेलायतबाट नेपाल आएकाहरुको पिसिआर परीक्षण गर्दै सरकार 

बेलायतबाट नेपाल आएकाहरुको पिसिआर परीक्षण गर्दै सरकार 

images

इच्छाकामना न्युज

१३, पौष २०७७
बेलायतबाट नेपाल आएकाहरुको पिसिआर परीक्षण गर्दै सरकार 
images

काठमाण्डौ, १३ पुस । सरकारले बेलायतबाट नेपाल आएकाहरुको आरटी पिसिआर परीक्षण गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बेलायतमा देखिएको कोरोनाको नयाँ प्रकारबाट नेपालमा पनि जोखिम हुन सक्ने भन्दै बेलायतबाट आएका २ सय ७७ जनाको पिसिआर परीक्षण गर्ने निर्णय गरेको हो । 
बेलायतमा पछिल्लो समय कोरोना भाइरसको नयाँप्रकार देखिएको र तीव्र गतिमा सङ्क्रमण फैलाउँदै गएपछि सरकारले सतर्कता स्वरुप पुस १ गतेपछि बेलायतबाट वा बेलायतको बाटो हुँदै नेपाल आएकाहरुको खोजी गरेर परीक्षण गर्न लागेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताउनुभयो । उहाँले पिसिआर परीक्षण गरी कोरोना सङ्क्रमण पुष्टि भएकाहरुको जीन स्विक्वेन्सिङ गर्ने भन्दै यसको जिम्मेवारी स्वास्थ्य सेवा विभागलाई दिइएको बताउनुभयो । 
यसैबीच सरकारले अबदेखि पिसिआर परीक्षणका लागि निजी प्रयोगशाला नपठाउने निर्णय गरेको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमले यसअघि सरकारले कोरोना परीक्षणका लागि सङ्कलन गरेको स्वाब निजप्रयोगशालामा पठाउँदै आएकोमा अब त्यसो नगर्ने नगराउने निर्णय गरिएको जानकारी दिनुभयो ।

images
प्रकाशित मिति :पौष १३, २०७७ सोमवार - ०९:१६:३९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology