अमेरिका । अमेरिकाले न्यूयोर्क सिटीमा यात्रा गर्दा अनिवार्य मास्क लगाउन नपर्ने भएको छ । गभर्नर क्याथी होचुलले २८ महिनाअघि सार्वजनिक सवारी साधनमा यात्रा गर्दा सुरु गरिएको अनिवार्य मास्क लगाउनुपर्ने नियम खारेज गरेको घोषणा गर्नुभएको हो ।
योसँगै विमानस्थल र अरु यात्रामा पनि अनिवार्य मास्क लगाउन नपर्ने भएको छ । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि न्यूरोर्क सिटीमा सन् २०२० को अप्रिलदेखि अनिवार्य मास्क लगाउनुपर्ने नियम लागु भएको थियो ।