Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

आज गोरखामा नेकपाका अगुवा कार्यकर्तालाइ प्रशिक्षण तथा तालिम

आज गोरखामा नेकपाका अगुवा कार्यकर्तालाइ प्रशिक्षण तथा तालिम

images

इच्छाकामना न्युज

१२, पौष २०७७
आज  गोरखामा नेकपाका अगुवा कार्यकर्तालाइ प्रशिक्षण तथा तालिम
images

गोरखा, १२ पौष । 
गोरखामा आज नेपाल कम्युनिष्ट पार्टीका अगुवा कार्यकर्तालाइ प्रशिक्षण तथा तालिम प्रदान गरेको छ । केन्द्रमा राजनैतिक उतारचढाव भएसँगै कार्यकर्ताहरुलाइ सहि सूचना दिन भेला आयोजना गरिएको सो पार्टीले जनाएको छ ।
प्रशिक्षण कार्यक्रमलाइ सम्बोधन गर्दै गोरखा निर्वाचन क्षेत्र नम्बर १ का साँसद हरिराज अधिकारीले प्रधानमन्त्रीको कदम गलत भएकाले यसको सबैतिरबाट भण्डाफोर गर्नुपर्ने बताए । विभिन्न महामारीबाट देशको अर्थतन्त्र नाजुक भएका समय भएको व्यवस्था लथालिङ्ग बनाएर देशलाइ पश्चगामि दिशामा लैजान खोजेको उनले बताए ।
जिल्ला पार्टी कार्यालय पाटेचौर गोरखामा सम्पन्न भेलामा विभिन्न पालिकाबाट नेकपाका नेता तथा कार्यकर्ताहरु उल्लेख्य उपस्थित थिए । पार्टी अध्यक्ष लेख बहादुर थापा मगरको अध्यक्षतामा भएको भेलालाइ नेकपा केन्द्रीय सदस्य हरीराज अधिकारी, नेकपा नेताहरु सुसिला सिँखडा, कृष्ण धिताल  जुद्ध विलास भण्डारी, विकल कुमार श्रेष्ठ लगायतले सम्बोधन गरेका थिए । कार्यक्रमको सञ्चालन नेकपा गोरखा नगरपालिका अध्यक्ष विशेश्वर कट्टेलको सञ्चालन भएको थियो ।

images
प्रकाशित मिति :पौष १२, २०७७ आइतवार - १८:३२:५६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology