Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

प्रदेश र सङ्घको निर्वाचन

प्रदेश र सङ्घको निर्वाचनका लागि १० हजारभन्दा धेरै मतदानस्थल

प्रदेश र सङ्घको निर्वाचनका लागि १० हजारभन्दा धेरै मतदानस्थल

इच्छाकामना न्युज

२१, भाद्र २०७९
प्रदेश र सङ्घको निर्वाचनका लागि १० हजारभन्दा धेरै मतदानस्थल

काठमाण्डौ । निर्वाचन आयोगले आगामी मङ्सिर ४ मा हुने प्रदेश र सङ्घको निर्वाचनका लागि १० हजारभन्दा धेरै मतदानस्थल कायम भएको जनाएको छ । मतदानस्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि २०७७ बमोजिम निर्वाचन आयोगले केही मतदानस्थल पुनरावलोकन गरेको जनाएको छ ।

images

जिल्लाभरका मतदानस्थल पुनरावलोकन हुँदा १ हजार १ सय २३ मतदान स्थलको त्रुटि सच्याइएको, साविकका ३ सय ६५ मतदानस्थलबाट सबै मतदाता स्थानान्तरण गरी ३ सय ६४ मतदानस्थल निर्धारण गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

१ सय ६३ मतदानस्थलबाट आंशिक मतदाता स्थानान्तरण गरी १ सय ६९ मतदान स्थल निर्धारण गरिनुका साथै २८ वटा मतदानस्थलका सबै मतदातालाई २८ वटै मतदान स्थलमा र १५ मतदानस्थलका आंशिक मतदातालाई स्थानान्तरण गरी १३ वटा मतदान स्थलमा गाभिएको प्रवक्ता शर्माले बताउनुभयो । यसो गर्दा देशभरका मतदानस्थलको सङ्ख्या १० हजार ८ सय ८८ पुगेको छ । यसअघि देशभरका जम्मा १० हजार ७ सय ५६ मतदान स्थल रहेका थिए ।

मतदान स्थल पुनरावलोकन भएपछि स्थानीय तहको निर्वाचन, २०७९ को समयमा मतदान गर्नका लागि बास बस्नुपर्ने, निकै टाढा टाढासम्म हिँड्नुपर्ने लगायतगुनासोसम्बोधन भएको र  मतदातालाई मतदान स्थलसम्मको पहुँच सजिलो हुने आयोगले दावी गरेको छ । 

images
प्रकाशित मिति :भाद्र २१, २०७९ मंगलवार - ०९:४७:५९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology