Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

चितवन क्षेत्र नं. २ मा उम्मेद्वार बन्न नेपाली काँग्रेसबाट दुई मन्त्रीसहित १८ जनाले दिए निवेदन

चितवन क्षेत्र नं. २ मा उम्मेद्वार बन्न नेपाली काँग्रेसबाट दुई मन्त्रीसहित १८ जनाले दिए निवेदन

images

इच्छाकामना न्युज

१५, भाद्र २०७९
चितवन क्षेत्र नं. २ मा उम्मेद्वार बन्न नेपाली काँग्रेसबाट दुई मन्त्रीसहित १८ जनाले दिए निवेदन
images

चितवन । आसन्न संघीय निर्वाचनमा चितवन क्षेत्र नं.२ बाट उम्मेद्वार बन्ने नेपाली कांग्रेसका १८ जनाले इच्छा जाहेर गरेका छन् । पार्टीले गरेको आह्वानमा प्रत्यक्ष र समानुपातिक गरि १८ जनाले निवेदन दिएको क्षेत्रीय सभापति भरतप्रसाद लामिछानेले जानकारी दिए ।

प्रत्यक्षतर्फ निवेदन दिनेमा प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ समेत रहेका छन् । उनले क्षेत्र नं.१ बाट पनि उम्मेद्वार बन्न मंगलबार निवेदन दिएका थिए । यस्तै महिला, बालबालिका मन्त्री समेत रहेकी नेतृ उमा रेग्मीले पनि यसै क्षेत्रबाट उम्मेद्वार बन्न निवेदन दिएकी छन् । उनी यसअघि समानुपातिक सूचीबाट सांसद बन्दै अहिले सरकारमा छिन् ।

यस्तै कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, निवर्तमान सभापति जीतनारायण श्रेष्ठ, निवर्तमान उपसभापति कैलाश कोइराला, निवर्तमान सह–सचिव राजन कार्की, नेता प्रकाश अधिकारी, तरुण दल चितवनका अध्यक्ष राजन ताम्राकार, भरत सापकोटा र इन्दिराकुमारी सडौला सापकोटाले पनि उम्मेदवार बन्न निवेदन दिएको सभापति लामिछानेले जानकारी दिए ।

त्यसैगरि समानुपातिकतर्फ ८ जनाले निवेदन दिएका छन् । समानुपातिकमा कांग्रेसकी केन्द्रीय सदस्य शान्ति परियार वि.क., कांग्रेस चितवनका उपसभापति शालिग्राम शर्मा पौडेल, युवा नेता रामकुमार श्रेष्ठ, गौरीकुमारी श्रेष्ठ, केशवराज कंडेल, पवित्रा केसी, इन्द्रनारायण श्रेष्ठ र भुवनराज खनालले नाम दर्ता गराएको सभापति लामिछानेले जानकारी दिए ।

 

images
प्रकाशित मिति :भाद्र १५, २०७९ बुधवार - २२:३२:३० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology