मुसिकोट नगरपालिकाका ३ वटाले स्थापना गरे सयुंक्त कोरोना विपद् कोष 

गुल्मी,१२ चैत
मुसिकोट नगरपालिकाका ३ वटा वडा कार्यालयहरुले सयुंक्त रुपमा कोरोना विपद् कोष निर्माण गरेका छन् । नगरपालिका वडा न २,३ र ४ ले आज संयुक्त रुपमा कोरोना विपद् कोष गठन गरेका हुन् । कोरोना सक्रंमण भएको देखिएको खण्डमा तुरुन्तै उद्धारका लागि आर्थिक समस्या नपरोस् तथा ऐम्बुलेन्स लगायतका अन्य सेवा प्रवाह भनेकै समयमा छिटो र सजिलो होस भनेर कोष निर्माण गरिएको वडा नं ३ का वडाध्यक्ष कर्ण बहादुर जिसीले जानकारी दिनुभएको छ । कोषमा मुसिकोट नगरपालिका वडा नं २, ३ र ४ नं वडा कार्यालय रु २५÷२५ हजार ,सुर्योदय कन्ट्रक्सनका तुल्सी बहादुर रायमाझीबाट रु १० हजार न्यु लिजा कन्ट्रकसनका महेन्द्र घिमिरेले १५ हजार सहयोग गर्नुभएको छ ।नेपाल रेडक्रस सोसाइटी मुसिकोट बडागाउ उपशाखाबाट नगद रु ५ हजार गरी अहिलेसम्म जम्मा १ लाख १० हजार रुपैयाँ कोषमा जम्मा गरिएको छ ।