कोरोनाको आशंकापछि जुम्लामा एक जना क्वारेनटाइनमा

जुम्ला,१२ चैत
भारतबाट ११ दिन पहिले जुम्लामा आएका एकजनालाई क्वारेनटाइनमा राखिएको छ । जुम्ला सिंजा गाउँपालिका घर भएका उनलाई क्वारेनटाइनमा राखिएको छ । भारतबाट फर्किएका उनलाई उच्च ज्वरो आएपछि कर्णाली प्राविधिक शिक्षालयमा रहेको क्वारेन्टाइनमा राखिएको डाक्टर धिरज गुरुङ्गले जानकारी दिनुभयो । जुम्ला सिंजाका ३२ वर्षीय उनलाई शिक्षण अस्पताल जुम्लामा जाँचको क्रममा ज्वरो धेरै आएको र खोकी लागि रहेकाले क्वारेन्टाइनमा पठाइएको उहाँको भनाइ छ । बिरामीको लक्ष्ण कोरोनासँग मिल्दोजुल्दो देखेपछि क्वारेन्टाइनमा पठाइएको हो । प्राविधिक शिक्षालयमा १ सय बेडको क्वारेनटाइन बनाइएको छ । कोरोना भाइरसको आशंकामा विरामीलाई प्राविधिक शिक्षालयमा १४ दिनसम्म राखिने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका वरिष्ठ प्रशासकिय अधिकृत द्धन्द्धवहादुर शाहीले जानकारी दिनुभयो । जाँचका क्रममा प्रतिष्ठान आएका ती व्यक्तिलाई ज्वरो देखिएपछि डाक्टरको सल्लाह अनुसार कर्णाली प्राविधिक शिक्षालयमा बनाइएको क्वारेनटाइनमा पठाईएको हो ।