१२ जना बालबालिकासहित ५० जनालाई क्वारेन्टाईनमा राखियो

अछाम,१२ चैत
कैलालीको गौरीफन्टा नाकाबाट उद्धार गरेर अछाम पु¥याइएका ५० जनालाई मंगलसेनमा स्थापना गरिएको क्वारेन्टाईनमा राखिएको छ । नगरपालिकाको कृषि ज्ञान केन्द्रको भवनमा क्वारेन्टाईन स्थापना गरी अछामका ८ स्थानीय तहका १२ जना बालबालिका, २८ पुरुष र १२ जना महिला गरी ५० जनालाई जाँचसहित क्वारेन्टाईनमा राखिएको मंगलसेन नगरपालिकाले जनाएको छ । जसमा मंगलसेन नगरपालिकाका ११, चौरपाटि गाउपालिकाका १०, कमलबजार नगरपालिकाका ८, ढकारी गाउपालिकाका ८, मेल्लेख गाउपालिकाका ६, साँफेबगर नगरपालिकाका ३, रामारोशन गाउपालिकाका २ र पञ्चदेवल विनायक नगरपालिकाका १ जना रहेको मंगलसेन नगरपालिकाका नगरप्रमुुख पदमबहादुर बोहराले बताउनु भयो ।
यसैबिच मंगलसेनको क्वारेन्टाईनमा राखिएका सबैको स्वास्थ्य अबस्था सामान्य रहेको चिकित्सकले बताएका छन् । ५० जनाको नै जाँच गर्दा कोरोनाभाईरसको कुनै लक्षण नदेखिएकाले सुरक्षित राखिएको जिल्ला अस्पतालका डाक्टर अतुुल भारद्धाजले बताउनुभयो ।