गापा अध्यक्षको संयोजकत्वमा आँबुखैरेनीमा कोभिड १९ समन्वय समिति गठन

आँबुखैरेनी, १२ चैत
तनहुँको आँबुखैरेनी गाउँपालिकाले कोरोना भाईरसको संक्रमणको सजगताका लागि समन्वय गर्ने गरि आँबुखैरेनी कोभिड १९ समन्वय समिति गठन गरेको छ ।
गाउँपालिका अध्यक्ष गिर बहादुर थापाको संयोजकत्वमा गाउँपालिका स्तरीय समिति गठन गरेको हो । समितिको अन्य सदस्यमा प्रहरी प्रतिनिधी, स्वास्थ्य प्रमुख, योजना प्रमुख लगायत रहेका छन् ।
यस्तै हरेक वडामा वडाध्यक्षको संयोजकत्वमा वडास्तरीय समन्व समिति पनि बनाइएको गाउँपालिका अध्यक्ष गिर बहादुर थापाले बताउनुभयो ।