बाँदरलाई लकडाउनको प्रभाव

आँबुखैरेनी, १२ चैत
वनमा नै रहन पर्ने बाँदरहरु केहि समय यता मानव वस्तीमा आउन थालेको छ । आँबुखैरेनी बजार चोकमा रहेको घर पसलहरुमा आएर दुःख दिने क्रममा बिक्रीका लागि राखिएका फलफुल तरकारी तथा किराना सामानहरु चोर्ने क्रम त नियमित जस्तै बनेको स्थानीयहरुको भनाइ रहेको छ ।
बाँदरले दिनहुँ जसो हैरान पारे पनि नियन्त्रणको लागि कतौट पहल हुन नसकेको चिसापानी टोल सुधार समितिका अध्यक्ष खित कुमार श्रेष्ठले बताए ।
हाल आएर कोरोना भाइरस (कोभिड १९) को नियन्त्रणको लागि नेपाल सरकारले गरेको लकडाउनको निदेर्शन अनुसार बजार व्यवसाय बन्द भएपछि बाँदरहरु बन्द घरमा आएर खानेकुराको खोजी गर्ने क्रममा बन्द घरमा पस्ने प्रयास गरेको देखिन्छ ।
यस्तै हो भने पैदल यात्रीलाई आक्रमण गर्ने मात्र होइन घना वस्ती तिर छिर्ने सम्भावना रहेकोले यस्ता बाँदरबाट संक्रामक रोगहरु पनि आउन सक्ने सम्भावनालाई मध्यनजर गर्दै सम्बन्धित निकायको ध्यान जान जरुरी देखिन्छ ।