रामशाहघाटमा सन्चालित कृषि हाटबजार अनिश्चितकालका लागि स्थगित

मनकामना, ८ चैत

शहिदलखन गाउँपालिका ३ रामशाहघाट दोभानमा हरेक शनिबार लाग्ने कृषि हाटबजार अनिश्चितकालका लागि स्थगित भएको छ । विश्वव्यापी महामारिको रुपमा फैलीरहेको कोरोना भाइरस संक्रमणका लागि सरकारले अत्यावश्यक सेवा वाहेकका सम्पुर्ण सेवा, मेला महोत्सव, हाटबजार बन्द गर्न निर्देशन गरे सगै रामशाहघाटमा सञ्चालित हाटबजार स्थगित भएको हो । हाटबजार स्थलमा आज भएको हाटबजार व्यवस्थापन सञ्चालक समितिको बैठकले निर्णय गरेरै अनिश्चितकालसम्म स्थगित गरिएको समितिका अध्यक्ष झक्कल बहादुर थापाले जानकारी दिनुभयो ।