बन्दिपुर गापाद्वारा व्यवसायीलाई ५० प्रतिशत कर छुट दिईने

बन्दिपुर, ६ चैत
तनहुँ बन्दिपुर गाउँपालिकाले बन्दिपुरका व्यवसायीहरुलाई करमा ५० प्रतिशत छुट दिने भएको छ । कोरोना भाईरसको विश्वव्यापी महामारीका कारण पर्यटन आगमन घट्दा व्यवसाय मन्दी भएका कारण व्यवसायीलाई राहत स्वरुप गाउँपालिकाले करमा ५० प्रतिशत छुट दिने भएको हो । यो निर्णयले व्यापार धारासायीले आक्रान्त बनेका बन्दिपुरका व्यवसायीहरुलाई केहि राहत पुगेको छ । गाउँपालिकाले कर छुट सँगै घर भाडा ब्यवसायिहरुलाई र बैंक बित्तीय सस्थाहरुलाई समेत घर भाडा तथा ब्याजदरमा सहुलियत दिन आग्रह गरेको छ।
बन्दीपुर गाउँपालिका भित्रका ब्यवसायिहरुलाई केहि मात्रामा भए पनि राहत दिन र उनिहरुलाई बिस्तापित हुन बाट जोगाउन यो निर्णय गरिएको बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले बताउनु भयो ।