ट्हो त्हें पर्व र कोरोना बारे समाजिक सञ्चालमा छरिएको भ्रम

पछिल्लो समय छ्याजालो न्युज सँगै विभिन्न अनलाईनहरुमा एउटा समाचार निकै भाईरल भयो । सो समाचार बारे सकरात्मक नकरात्मक सबैखाले टिका टिप्पणीहरु व्याप्त भए । समाचार थियो विश्वव्यापी महामारी रुपमा फैलिएको कोरोना भाईरस र तमु समुदायले मनाएको ट्हो त्हें पर्वको विषयमा । त्यसो त कुनैपनि विषयमा सबैको विचार, तर्क र दृष्टिकोणहरु एकै नाशका हुदैनन्, हुनै पर्छ भन्ने पनि छैन । तर त्यहि कारण समुदायको आत्म सम्मानमा ठेश पुग्ने खालको कुराहरु आउदा मलाई चाहि कत्ति पनि चित्त बुभ्mन सकेन । हुन त म कुनै विज्ञ हैन तर पनि म त्यहि ट्हो त्हें पर्व मनाउने समुदाय कै एक सञ्चारकर्मीको हैसियतले सो समाचार बारे अहिले सामाजिक सञ्जालमा भै रहेका टिकाटिप्पणी बारे मलाई लागेका केहि कुराहरु यहि लेख मार्फत तपाईहरु समक्ष प्रस्तुत गर्न चाहेको हुँ ।

सबै भन्दा पहिले गुरुङ समुदायले ट्हो त्हें पर्व किन, कसरी मनाउछ भन्ने विषय उल्लेख गर्न चाहे । गुरुङ समुदाय मात्र नभै अधिकांश आदिवासी समुदाय वन, जङ्गल, ढुङ्गा, माटो, पानीलाई नै आफ्नो सर्वस्व ठानेर पुज्ने गर्छन् । अर्थात प्रकृतिलाई पुज्ने गर्छन् । हजारौ वर्ष पहिले देखि चलिआएको यो प्रचलन अहिले पनि छ । पछिल्लो समय विश्वव्यापी रुपमा मानव अधिकार सँगै वैयक्तिक स्वतन्त्रता बढेसँगै यी समुदायका मानिसहरुले पनि फरक धर्म संस्कृति अङ्गिकार गर्दै गएका छन् । तर अहिलेसम्म ट्हो त्हें पर्वका बारे मैले बुझेको सत्य के हो भने हजारौ वर्ष पहिले गुरुङहरुको उद्गमस्थल ऐतिहासिक राज्य क्होलासोंथरमा कुनैबेला महामारी हुँदा जनधनको ठुलो क्षति भएछ । राज्यमा सन्त्रास बढेछ । तमु धर्मगुरुको सामूहिक प्रयासमा ‘ट्हो त्हें पूजा’ को धार्मिक अनुष्ठान गरिएछ र सो कार्य गरेसँगै महामारी अन्त्य भए छ । त्यहि बेला देखि वर्षको २ पटक गुरुङ समुदायले ट्हो त्हें पर्व मनाउन थालिएको कुरा समुदायका अग्रजहरुले भन्ने गरेका छन् भने गुरुङ समुदायले अहिले पनि यो कार्यलाई निरन्तरता दिदै आएको सर्वविदितै छ । विशेष गरेर गुरुङ समुदायमा गाउँमा जनधनको क्षति हुने कुनै पनि रोगव्याधि, संकट, प्रकोपहरु नआवोस् भनि कामना गर्दै पूजा पाठ गरि ट्हो त्हें पर्व मनाउने गरिन्छ । यसरी पूजापाठ गर्दा यस्ता खाले महामारी रोगव्याधि, संकट, प्रकोपहरु नआउने र गाउँको रखवार अर्थात रक्षा हुने विश्वासका साथ सामूहिक रुपमा सो पूजा हुदै आएका छन् । यो संस्कृति गुरुङ समुदायको एउटा महत्वपूर्ण भाग र पहिचान हो । यो तपाई हामी सबैले बुझिआएकै कुरा हो । यो विषयमा सायदै कोहि अनविज्ञ होला भन्ने मलाई लाग्दैन ।

अब जाउँ विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोभिड–१९ अर्थात कोराना भाईरसको विषयमा । चिनको वुहान शहरबाट फैलिएको यो भाइरसको महामारी अहिलेसम्म १ सय ६० वटा भन्दा बढि राष्ट्रहरुमा फैलिदै हजारौको मृत्यु र लाखौ मानिस संक्रमित भएका छन् । यसमा सुखद कुरा यो छ कि अहिलेसम्म नेपाल भने यो भाईरसको संक्रमणको महामारीबाट जोगिएको छ । तर संक्रमण हुने जोखिम भने प्रवल छ । हो यस्तै खाले महामारीको रोगव्याथि, संकट, प्रकोपहरु गाउँघरमा नआवोस् भन्ने कामना गर्दै विश्वासका साथ गुरुङ समुदायले सामुहिक रुपमा पूजापाठ गर्दै वर्षको २ पदक ट्हो त्हें पर्व मनाउदै आउने गरेका हुन् । जुन सदियौ देखि चल्दै आएको छ । प्रायजसो हरेक वर्षको चैत महिनाको पहिलो वा अन्तिम मंगलबार र कार्तिक महिनाको पहिलो वा अन्तिम मंगलबार गुरुङ समुदायले ट्हो त्हें पर्व मनाउदै आएका छन् । कसै कसैले कार्तिक महिनाको सट्टा साउन महिनाको पहिलो वा अन्तिम मंगलबार पनि ट्हो त्हें पर्व मनाउने गरेको पाईन्छ ।

“हो विश्वव्यापी रुपमा संकट पारिरहेको यो भाईरसको महामारी नेपालमा नआवोस् भनेर आफ्नो सदिऔं देखि विश्वासलाई कायम राख्दै आफ्नो धर्म संस्कृति अनुसार पूजा पाठ गर्दै तमु प्ये ल्हु संघले यसपालीको ट्हो त्हें पर्व मनायो । यसरी उसले आफ्नो धर्म संस्कार संस्कृति आस्था र विश्वास अनुसार यो महामारी नफैलियोस भन्ने कामना गर्दै पूजा पाठ गर्दा गल्ती कहाँ निर हुन पुगेछ ? हो, मैले नबुझेको कुरो यहि निर हो ।”

यस वर्षको ट्हो त्हें पर्व चैतको ४ गते परेको थियो भने चैतको २५ गते पनि परेको छ । यस वर्ष यहि २ वटा मंगलबार गुरुङ समुदायले ट्हो त्हें पर्व मनाउनेछन् । तर यसपटक संयोग के प¥यो भने यति नै बेला विश्वव्यापी रुपमा विगत २–३ महिना देखि कोरोना भाईरस महामारीको रुपमा फैलिरहेको छ । हो विश्वव्यापी रुपमा संकट पारिरहेको यो भाईरसको महामारी नेपालमा नआवोस् भनेर आफ्नो सदिऔं देखि विश्वासलाई कायम राख्दै आफ्नो धर्म संस्कृति अनुसार पूजा पाठ गर्दै तमु प्ये ल्हु संघले यसपालीको ट्हो त्हें पर्व मनायो । यसरी उसले आफ्नो धर्म संस्कार संस्कृति आस्था र विश्वास अनुसार यो महामारी नफैलियोस भन्ने कामना गर्दै पूजा पाठ गर्दा गल्ती कहाँ निर हुन पुगेछ ? हो, मैले नबुझेको कुरो यहि निर हो । भन्नै पर्दा धेरैले टिप्पणी गरेको कुरा के हो भने यो आधुनिक युगमा पनि अन्धविश्वासको कुरा कसरी आयो ? कहि पूजापाठ गरेर कोरोना नआउने हुन्छ ? हो मित्रहरु यहाँहरुले भने झै पूजापाठ गरेर कोरोना भाईरसको संक्रमण आउदैन भन्ने कुरामा म पनि सहमत छु । तर यसो भनिरहदाँ सच्चा मनले आफैलाई नढाटी भित्र भित्रै ख्याल गरौ त मित्रहरु हामीलाई केहि संकट पर्दा केही नहोस् भनेर कामना गर्छौ कि नाई ? भलै त्यो कसैले बाहिर सबैलाई देखाएरै गर्छन् भने कसैले मनमनै गर्छन् ।

यतिका कुराहरु गरेपछि म यहाँहरुलाई सामान्य उदाहरण दिन चाहान्छु । दुःखको उदाहरण नदिउँ, सुखकै उदाहरण दिउँ । हाम्रो कोहि आफन्तहरुले कुनै सफलता पाए भने हामी सुख, समृद्धि, सु–स्वास्थ्य, दीर्घायुको कामना गर्दछौं । जन्मदिन कै कुरा गरौ न । केक काटेर पार्टी गर्दै जन्मदिन मनाएर जन्मदिन हुनेलाई हामी दीर्घायु जीवन होस् लामो आयु बाचोस् भन्दै कामना गर्छौ । अन्यथा अर्थ नलागोस् अब म यहि प्रश्न तपाईहरुलाई गर्न चाहान्छु । के तपाईले लामो आयु होस् भनेर कामना गर्दैमा तपाईको आफन्तको आयु बढ्छ ? बढ्छ भने भन्दिनुस् न कति बढ्दो रहेछ ? म पनि मेरा आफन्तको आयु बढोस् भन्दै मेरा हरेक आफन्तका जन्मदिनमा केक काट्दै लामो आयुको कामना गर्छु । तर मैले यसो भन्दै गर्दा तपाईलाई यति चाहि विश्वास छ मेरो कामनाले काम गर्छ । हो यहि विश्वासले नै तपाईले आफन्तको जन्मदिन केक काटेर मनाउदै कामना गर्नुहुन्छ । मैले यसरी तपाईको विश्वासमा प्रश्न चिन्ह खडा गरिदिदा तपाईको आत्म सम्मानमा पक्कै ठेश पुग्यो होला ? यसमा म क्षमा प्राथी छु । मेरो मनासय तपाईको आत्म सम्मानमा ठेश पु¥याउने हुदै हैन । मात्र मैले त मेरो समुदायले सदियौ देखि विश्वास गर्दै आएको कुरा गर्दा तपाईले गरेको टिप्पणीले आफ्नै समुदायको आत्मसम्मानमा ठेश पुग्यो कि पुगेन भन्ने उदाहरणका लागि यो कुरा प्रस्तुत गरेको हु ।

धार्मिक आस्था कै कुरा गर्नु पर्दा हरेक जाति अनुसार आ–आफ्नै धर्म संस्कार संस्कृति र परम्परा मान्दै आएका छन् । सोहि धर्म संस्कार संस्कृति र परम्परा अनुसार आ–आफुलाई संकट, पिडा, सुख दुःख पर्दा हामी आफ्नै भगवानलाई सम्झन्छौ । होला सम्झने तरिका फरक छन् । कोहि शिव, विष्णु, भन्छन्, कोहि अल्लाह, प्रभु येशु भन्छन् । तर सम्झन चाहि संकटको बेला सबैले आफ्नो आस्था अनुसार भगवान सम्झन्छन् र मलाई यो संकटबाट बचाईदेउ भन्दै कामना गर्छन् । के यसो गर्नु तपाईको गल्ती हो र ? मेरो प्रश्न यहि हो र मैले नबुझेको कुरा पनि यहि हो ।

“हामीलाई विश्वास यो छ कि लामा, घ्याप्री, पच्यु, लम् गुरुले ढ्याङ्ग्रो ठोकेर उडाउदा हाम्रो पुर्खाको स्वर्गमा बाँस हुन्छ त्यसैले हामी यो काम गर्छौ । यहि विश्वासका साथ सदियौ देखि हामी यहि काम गरि आएका छौ भने अहिले कोरोना भाईरस नआवोस् भन्ने विश्वासका साथ कामना गर्दै पूजापाठ गर्दै ट्हो त्हें पर्व मनाउदा कसरी गल्ती भएछ ? कसरी अन्धविश्वास भएछ ?”

यहि बिचमा अर्को कुरा पनि भन्न चाहे । यो चाहि उक्त समाचारमा नकरात्मक टिप्पणी गर्ने आफ्नै समुदायका दाजुभाईहरुलाई भन्न चाहे । यहाँहरुले कति सजिलै नकरात्मक टिप्पणी गरिदिनु भो त्यसको लागि तपाईहरुलाई धन्यवाद । तर तपाईले ट्हो त्हें पर्वको बारेमा नकरात्मक टिप्पणी गरिरहदा के तपाईकै समुदायले मान्ने ट्हो त्हें पर्वको बारेमा तपाईलाई जानकारी छैन होला र ? कसरी किन मनाउदा रहेछन् । होला तपाई आज फरक धर्म संस्कार र संस्कृति मान्नुहुन्छ अथवा नास्तिक हुनुहुन्छ होला । तर आत्म साक्षी राखेर भन्नुस् त मित्र आज तपाईले जुन धर्म संस्कार र संस्कृति माने पनि हिजोका दिनमा त त्यहि ढ्याङग्रो ठोकेर सबै कर्म गरेर आउनु भएको हैन र ? आज पनि हेरौ न तपाईको सुख दुख राम्रो नराम्रो काममा त त्यहि ठ्याङ्ग्रो ठोक्नु हुन्छ र मेरो पुर्खा स्वर्ग तरोस् भन्नुहुन्छ हैन । होला ठ्याङ्ग्रो लामाले ठोक्यो होला वा घ्याप्री, पच्यु, लम् गुरुले ठोक्यो होला । तर हामीलाई त विश्वास छ हैन र हाम्रा पुख्रा स्वर्ग तर्छन भनेर । कि छैन ? यति भनिरहदा जुन कुरा हामीले गरिरहेका छौं नकरात्मक टिप्पणी नै गर्ने हो भने म भनु । हामीले ढ्याङग्रो ठोकेर उडाउदैमा हाम्रो पुर्खा स्वर्ग पुगेका होलान् र ? पुगेका छन् भने कसरी कहिले पुगेछन् ? पुगेको कस्ले थाहा पाए ? को स्वर्ग गएर भेटेर आएछन् । लौन भन्दिम । यसको जवाफ तपाईसँग यति नै होला कि, हामीलाई विश्वास छ । हामीलाई विश्वास यो छ कि लामा, घ्याप्री, पच्यु, लम् गुरुले ढ्याङ्ग्रो ठोकेर उडाउदा हाम्रो पुर्खाको स्वर्गमा बाँस हुन्छ त्यसैले हामी यो काम गर्छौ । यहि विश्वासका साथ सदियौ देखि हामी यहि काम गरि आएका छौ भने अहिले कोरोना भाईरस नआवोस् भन्ने विश्वासका साथ कामना गर्दै पूजापाठ गर्दै ट्हो त्हें पर्व मनाउदा कसरी गल्ती भएछ ? कसरी अन्धविश्वास भएछ ?

र अन्त्यमा हाम्रो धर्म संस्कार संस्कृति चाडपर्व रिति रिवाज परम्परा हाम्रो पहिचान हो । जसले जे भनेपनि यहि कारण समाजमा हाम्रो अलग्गै पहिचान स्थापित छ । यसमा हामी गर्व गर्छौ । त्यसो त सदियौ अगाडिका हाम्रा धर्म संस्कार संस्कृति चाडपर्व रिति रिवाज परम्पराहरु आजका समयानुकुल केहि त्रुटिहरु होलान् । त्यो कुरा मान्न सकिन्छ । यदि त्यसो हो भने आउनुस् सबै मिलेर सुदृढिकरण गरौं । तर अनावश्यक भ्रम छरेर नकरात्मक टिका टिप्पणी गर्नु कदावी मनासिव हुन्छ जस्तो मलाई लाग्दैन । यसले आफ्नै पहिचानमा धक्का पु¥याउने बाहेक अरु केहि हुदैन । जय तमु ।