इच्छाकामनाका लोक दोहोरी गायक शित्तल गुरुङको ‘ढाट्यो जिन्दगी’ले भोली युट्युबमा सार्वजनिक हुने

इमेज लोक कलाकार सिजन २ का पब्लिक च्वाईस अवार्ड विजेता इच्छाकामनाका लोकदोहोरी गायक शित्तल गुरुङको नयाँ लोकदोहोरी गीत ‘ढाट्यो जिन्दगी’ले आउने भएको छ ।
गीतको भोली बुधबार शुभारम्भ डिजिटल मार्फत पहिलो पटक सार्वजनिक हुने गायक शित्तल गुरुङले जानकारी दिएको छ ।
गीतमा गायक शित्तल गुरुङ र गायिका शान्तीश्री परियारको स्वर रहेको छ भने शब्द र लय गोर्खाली सर्जक रमेश परियारको रहेको छ ।
गीतको भिडियोमा मोडलिङ सारिका के.सी. र किरण मगरले गरेका छन् भने भिडियोको निर्देशन कपिल लामा र छायाँङ्कन सुरेश श्रेष्ठले गरेका छन् ।
गीत उत्कृष्ट बनेकोले स्रोता दर्शकले मन पराउनेमा आफु ढुक्क रहेको गायक शित्तल गुरुङले बताए ।
गीतको केहि शब्द यस्ता छन् ।
बरु मलाई खसाल्देऊ भिरबाट
विन्ति भगवान् मुक्ति देऊ पिरबाट ्र्र

अचानो झै टुक्रेको मेरो मन
खुकुरी भई चोट दिने धेरै छन् ्र्र