तमु प्ये ल्हु संघ गण्डकी प्रदेश समिति गठन, अध्यक्षमा उम प्हच्यु तमु चयन

पोखरा, ४ चैत
गुरुङहरुको धार्मिक संस्था तमु प्ये ल्हु संघले प्रदेश स्तरीय समिति गठन प्रक्रिया सुरु गरेको छ। देश संघिय संरचनामा गएसँगै संघले पनि सोहि बमोजिम समिति विस्तार गरेको हो।
जस अनुसार गण्डकी प्रदेशमा पहिलो समिति गठन गरेको छ । संघको केन्द्रिय कार्यालय शक्तिघाट पोखरामा आज भएको गण्डकी प्रदेश समितिको अधिवेशनबाट सर्वसम्मत रुपमा कास्कीका उम गुरुङको अध्यक्षतामा ११ सदस्यीय गण्डकी प्रदेश समिति गठन गरेको छ।
यस्तै संघको प्रथम उपाध्यक्षमा कुल प्रसाद गुरुङ (स्याङजा), द्वितीय उपाध्यक्षमा सुवेदार क्षेत्र बहादुर गुरुङ (नवलपुर), सचिवमा मिलन गुरुङ (पर्वत), सह–सचिवमा खुशी गुरुङ (लमजुङ), कोषाध्यक्षमा मिलन गुरुङ (तनहुँ), सह–कोषाध्यक्षमा मणि गुरुङ (कास्की), सदस्यहरुमा कुमारी गुरुङ (पर्वत), एकमाया गुरुङ (स्याङजा), विष्णु माया गुरुङ (तनहुँ) विष्णु बहादुर गुरुङ (नवलपुर) र पूर्ण बहादुर गुरुङ (म्याग्दी) रहेका छन्।
तमु प्ये ल्हु संघका केन्द्रिय अध्यक्ष हिजकाजी गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव हर्क गुरुङले गर्नुभएको थियो।