देवघाट गाउँपालिकामा आज उद्यमशील तालिम सम्पन्न

देवघाट, ४ चैत
तनहुँको देवघाटमा आयोजना भएको ३ दिने उद्यमशिलता विकाश तालिम सम्पन्न भएको छ । देवघाट गाउँपालिकाको आयोजना तथा उद्योग वाणिज्य संघ चितवनको प्राविधिक सहयोगमा चैत २ गते देखि ४ गतेसम्म सञ्चालित उद्यमशिलता बिकास तालिम आज एक कार्यक्रम बीच सम्पन्न भएको हो।


समापन कार्यक्रमलाई सम्बोन्धन गर्दै प्रमुख अतिथि देवघाट गाउँपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीले देवघाट गाउँपालिका भित्रका व्यावसाय गर्न इच्छुक युवाहरुलाई लक्षित गरि व्याबसायिक बनाउने उद्देश्यको साथ कार्यक्रम आयोजना गरेको बताउनु भयो। सो कार्यक्रममा बोल्दै सुवेदीले तालीममा सहभागी प्रशिक्षक र सम्पुर्ण प्रशिक्षार्थीहरुलाई धन्यवाद दिनु भयो। साथै प्रशिक्षार्थीहरुलाई व्यवसायिक क्षेत्रमा अगाडी बढ्न आग्रह गर्दै व्यावसाय गर्न इच्छुक व्यवसायीहरुलाई गाउँपालिकाले सक्ने सहयोग गर्ने समेत बताउनु भयो।


कार्यक्रममा उद्यमशीलता बिकास तालिममा सहभागी ४६ जना प्रशिक्षार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथि देवघाट गाउँपालिका कार्यालयका प्रशासकीय अधिकृत रमेश सुवेदी र कार्यक्रमका सभापति देवघाट गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष याल बहादुर गुरुङको हातले प्रमाण–पत्र प्रदान गर्नुभएको थियो।
कार्यक्रमको अन्य अतिथिहरुमा प्रशिक्षक उद्योग बाणिज्य संघ चितवनका कार्यक्रम अधिकृत निल बहादुर के.सी., प्रशिक्षक गौरव खतिवडा, देवघाट गाउँपालिकाका कार्यक्रम अधिकृत कृष्ण पन्त र देवघाट गाउँपालिकका आईटि अफिसर बिमल मल्ल लगाएतको उपस्थिति रहेको थियो ।