डुम्रेका व्यवसायीलाई कुटपिट गरेको अभियोगमा लोकगायक प्रकाश कटुवाल कारागार चलान

तनहुँ, ३० फागुन

लोकदोहोरी गायक प्रकाश कटुवाललाई जिल्ला अदालत तनहुँले पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको छ ।

कुटपिटको अभियोगमा पक्राउ परेका उनलाई बादी र प्रतिबादीहरुको बहस सकिएपछि थुनामा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको हो । आदेश लगत्तै गायक कटुवाललाई जिल्ला कारागार चलान गरिएको छ ।

तनहुँको बन्दीपुर गाउँपालिका स्थित डुम्रेका होटल व्यवसायी लालकाजी गुरुङमाथि आक्रमण गरेको अभियोगमा उनी पक्राउ परेका थिए । कटुवालविरुद्ध ज्यान मार्ने उद्योग मुद्दा दर्ता गरिएको थियो ।