टेलिभिजन रियालिटी शो ‘द लिडर’मा पुर्वमिस नेपाल श्रृंखला खतिवडा पनि निर्णायक!

काठमाडौं, ३० फागुन

चर्चित संचारकर्मी रवी लामिछानेले होष्ट गर्ने टेलिभिजन रियालिटी शो ‘द लिडर’मा पूर्वमिस नेपाल श्रृंखला खतिवडाले पनि निर्णायकको भूमिका निभाउने भएकी छन् ।

कार्यक्रममा पूर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराई, पूर्व प्रधानन्यायाधिश सुशीला कार्की, पूर्व पत्रकार तथा नेता रविन्द्र मिश्रसँगै पुर्वमिस नेपाल शृंखला पनि निर्णायकमण्डलमा रहने भएकी हुन् ।

सामाजिक सञ्जालमार्फत उक्त कुराको जानकारी दिंदै खतिवडाले खुशी व्यक्त गरेकी छिन् । ‘एसआरविएन’मिडियाले केही समयअघि यस कार्यक्रमको घोषणा गरेको थियो ।

यस कार्यक्रमको आउँदो मार्च २१ गते बाट अडिसन हुने बताइएको छ । प्रतिस्पर्धीबाट ‘द लिडर’हुने विजेतालाई काठमाण्डौंमा अपार्टमेन्ट, गाडी र नगद २० लाख रुपैयाँ प्रदान गरिने बताइएको छ ।