वद्लिएको आकाश

स्वरुपमा परिवर्तन आम गति धर्तिको सर्वमान्य धर्म रहेछ । यहि सर्वमान्यतामा अडिएको संसारको निरन्तरतामा जोकोही पनि यसको अणुमा सिमित रहने कुरा विश्वका धेरै सजिव प्राणीमा हेक्का नहुने रहेछ । अनुकुलतामा नै रम्न अभ्यस्त मानव जातिहरु संसारको स्वाभाविक प्रक्रियावाट वेखवर हुदाँ रहेछन् । जुन एकमात्र सत्य हो । जसरी आकाशले आफनो रंग र गुण वदस्छ, त्यसैगरि धर्तिमा रम्ने सजिवहरु पनि त्यसको अनुयायी नै त्यस प्रवृक्तिमा आलिङ्गन हुन खोज्दा रहेछन् ।
चक्र विनाको जीवन असम्भव हुन्छ, त्यहि सत्यतामा रम्न र वाँच्न चाहनेहरुको जीवन सुखमय होईन, पीडादायक हुने रहेछ । हुन त केहिको विचारमा चलेको यो सांसरिक धरातल अन्य त्यहि विचारको पछाडी जीवन धकेल्नेहरुको भीडमा वद्लिएको आकाशको परिभाषा खोज्ने हैसियत राख्दैनन । पारिवारिक सुखलाई नै जीवनका अभिन्नता खोज्नेहरुको भीडमा प्रकृतिको त्यो द्रव्यतालाई चिन्ने प्रयत्न गर्न सक्दैनन । परिभाषाको भीडमा खोजीको विषय वनेको जीवनलाई चित्रण गर्नेहरुको व्याख्यातको आयाम फराकिलो भएता पनि त्यसको निष्कर्ष समग्रतामा एउटै रहेको पाईन्छ । सवका ईश्वर एक भएता पनि ईश्वरको त्यो रुपमा माथापिच्ची गर्नेहरु ज्यान लिन र दिन तैयार भए । जीवन साध्य हो कि साधन हो भन्ने एकमात्र मन्त्र समेत छुट्टयाउन नसक्नेहरु जीवनका सारथीहरु वनिदियो । त्यहि सारथीको वैशाखीमा टेकेर हामी यात्रारत छौ ।
प्रकृतिनै वद्लिएको सन्दर्भमा त्यसको अंग वनेको आकाश वद्लिनु कुनै नौलो कुरा भएन भने त्यसभीत्रका सारथी सजिव प्राणीको रहन सहन वद्लिनु झन समान्य कुरा हो । आकाश किन वद्लियो भन्ने मानसिकता मानसपटलमा वसिसकेपछि वाहिर आउन गाह्रो हुने रहेछ । धर्तिका निर्जीव वस्तुले पनि आफु अनुकुल भएन पनि प्रतिक्रिया देखाउदछ भने सामाजिक प्राणीको के कुरा भयो र ? गतिशिल ससारमा गतिविहिनताको अनुभुति खोज्नु मुर्खता हो । तर पनि जीवनका परिभाषामा आवश्यकता पनि वढि गतिहिनताले समग्र जीवन नै धरापमा पर्ने रहेछ । धर्तिमा निर्जिव वस्तुको स्थान वनाउन पनि क्रियात्मक प्रक्रिया अवलम्वन गर्नुपर्नेछ । वस्तु निर्जिव भन्दैमा त्यसले हामीले चाहेको आकार ग्रहण गर्न सक्दैन । भनेको जस्तो आकार वनाउनका लागी त क्रियात्मक अवस्था प्रधान हुन्छ भने सजिवतामा त्यो गुण वातावरण अनुकुल घुलित वनिदिन्छ । त्यहि घुलित व्यवहार सवैका लागी सहज नवनिदिन पनि सक्दछ । धर्तिमा देखिएको अराजकता यहि व्यवहारको स्वरुप हो । जुन हरेक कोही प्राणी, मानव जाति र सजिवतामा गुण र स्वरुप अनुसार फरक फरक प्रकृतिको देख्न पाईन्छ । त्यहि देखिएको दृश्वावलोकनमा हामी एकाकार वनेर जीवन यापन गरिरहेका छौ । प्रकृतिको यो विशाल सौन्दर्यमा नजरको विविधतामा विभाजित मानव जातिहरु चेतना स्तर अनुरुप ग्रहण गरिरहेका हुन्छौ । जीवनको स्वदृष्टिकोणमा परिभाषा खोज्नेहरुको भीडमा वद्लिएको आकाशको रंग र स्वरुप देख्ने दुस्साहत कदाप िराख्न सक्दैनन । समयको गतिसँगै रुप र रंग वदल्ने हिम्मत राख्न सकिएन भने जीवनमा नैराश्यता शिवाय अन्य हात नलाग्ने रहेछ । सधै अनुकुलको समय खोज्ने मानव जातिहरु काँचो माटो जस्तै स्वरुप परिवर्तन गर्न सक्ने सामथ्र्य राख्यो भने सफल नत्र असफलको दर्जमा दर्जित हुन अभ्यस्त वनिरहेका हुन्छन् । जहाँ चेतना र क्षमताको कुनै अर्थ नहुदो रहेछ । आकाशमा चम्कने ताराको समेत धर्तिको गुरुत्वाकर्षणमा टेकेर अडिएको हुन्छ, हावाको वेगमा थामिएको हुन्छ । आकाशका वादलहरु पनि आफनो अस्तित्व रक्षाका लागी लडिरहेको हुदाँे रहेछ । दिनको उज्यालो घामलाई समेत रात्रीकालिन त्यो प्रहरले छोपरे अस्त्त्वि विहिन वनाईरहेको सन्दर्भमा वद्लिएको आकाशको त्यो रंगलाई हेरेर टोलाउनुको के नै अर्थ हुने रहेछ र ?
कोही भएता पनि हुने र नभएता पनि हुने सांसरिक नियममा मानव जातिको अहंकार फिक्का शिवाय केहि हुने रहेनछ । फगत त्यस भित्रको जीवनको परिभाषामा घोत्लिने भनेको सारमा जीवनको एउटा अंश मात्र रहेछ । विविधता भित्रको एकताको अंश जस्तो जीवन जीउने कला भित्रको उपहार मात्र रहेछ । जुन फरक फरक प्रसंगमा फरक फरक समयमा प्रतिविम्वित भईरहेका छन् । सुर्यको किरण त्यो अनुपम ताप त्यसवेला सम्म वादलका लागी सहय हुन्छ, जुन वेला सम्म उ संघर्ष गर्न सक्दछ । जव संघर्ष भन्दा वलियो त्यो ताप वनिदिन्छ, अनि त्यो वादल संघर्ष गर्न नसकि धर्तिमा पानीको माध्यामवाट स्वखलित हुन्छ । त्यो नियम धर्तिका सम्पुर्णतामा लागु हुन्छ । कोही जन्मजातै शक्तिशाली र कोही कमजोर हुन्छ भन्ने सोच्नु कमजोर मानसिकताको घोतक शिवाय केहि होर्ईन रहेछ ।
समान्य जीवन यापन भित्र पनि लुकेको संघर्ष हुन्छ, जुन आम आँखाले देख्न सक्दैन । संघर्ष आफैमा निरन्तर प्रक्रियाको अंशमा चलेको हुदाँे रहेछ, भने मानवजाति भित्रको संघर्ष त त्यसका अंग मात्र रहेछ । देख्न सकिने र नसकिने गतिमा वाँचेको यो सृष्टिको निरन्तरतामा वद्लिएको आकाशको गति नापन खोज्नु भनेको अर्को मुर्खता रहेछ, हामी त्यहि मुर्खतामा वाचिरहेका कण मात्र रहेछौ ।