विश्व सुन्दरी टोनी सिन्धुपाल्चोकको हेलम्बुमा आउँदै 

सिन्धुपाल्चोक,२० फागुन
मिस नेपाल २०१९का बिजेता अनुष्का श्रेष्ठको नेतृत्व तथा पहलमा ‘मिस वर्ल्ड’–२०१९ की बिजेता जमैकाकी टोनी एन सिं सिन्धुपाल्चोकको हेलम्बु आउनु हुने भएको छ । हिड्न टेजर तथा पर्यटन मन्त्रालयसँगको समन्वयमा पहिलो पटक ‘मिस वर्ल्ड’ २०१९ की बिजेता जमैकाकी टोनी एन सिं सिन्धुपाल्चोकको हेलम्बु आउन लाग्नुभएको हो । जमैकाकी टोनी एन सिं फाल्गुन २३ गते हेलम्बु गाउँपालिका वडा ७ को सुर्सिङ गाउँमा मिस नेपाल अनुष्काले सञ्चालन गर्नुभएको स्वयमसेवीका तथा स्वावलम्बन कार्यक्रमको समेत अवलोकन गर्ने कार्यक्रम रहेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो । साथै सिंले अघिल्लो वर्षकी मिस नेपाल श्रृखंला खतिवडाको प्रोजेक्ट पनि अवलोकल गर्ने कार्यक्रम रहेको छ । नेपालको तर्फबाट मिस वर्ल्ड २०१९ मा अनुष्का श्रेष्ठले गर्नुभएको उत्कृष्ट प्रदर्शनले ’मिस वर्ल्ड’ २०१९ की विजेता टोनी एवम् आयोजक संस्था निकै प्रभावीत भएको थियो । अनुष्काको सोही उत्कृष्टताकै कारण नेपालमा मिस वर्ल्ड २०२० गर्ने तथा मिस नेपालले सञ्चालन गरेका नमूना प्रोजेक्ट सञ्चालन गर्ने कार्ययोजना छ । सो अवसरमा विश्व सुन्दरीसँगै प्रतियोगिता कार्यक्रमका नेतृत्वकर्ता तथा संचालक जुलिया मोर्ली पनि आउनुहुने भएको छ । आगामी बिहीबार उहाँहरु नेपाल आउने कार्यक्रम छ । सिं सिन्धुपाल्चोकको हेलम्बु आउँदा पर्यटन क्षेत्रमा सहयोग पुग्ने हेलम्बु गाउँपालिकाले अपेक्षा गरेको छ । सिंले हेलम्बुमा निमार्णाधिन चिन पछिको दोस्रो ठुलो ग्रेट ट्रेल र हेलम्बुका मोडेल विद्यालयहरुकोे समेत अवलोकन गर्ने कार्यक्रम रहेको छ ।