प्रियंका र आयुष्मानले आज लगनगाँठो कस्ने

काठमाण्डौ, १५ फागुन

नायिका प्रियंका कार्की र अभिनेता आयुष्मान देशराजले इन्गेजमेन्ट भएको दुई वर्षपछि विवाह गर्न लागेका छन् । करिब दुई वर्षअघि इन्गेजमेन्ट गरेका कार्की र देशराजले आज लगनगाँठो कस्ने भएका हुन् । त्यसअघि कार्की र देशराजले ब्याचलर पार्टी मनाएका थिए । कार्कीले थाइल्यान्ड र देशराजले पोखरामा ब्याचलर पार्टी दिएका थिए ।

कार्की र देशराजको विवाहको लागि काठमाडौंको एक रिसोर्ट तीनदिनका लागि बुक गरिएको छ ।