गुरुङ भाषाको चलचित्र ‘मारक्यु’ युकेमा प्रदर्सन गरिने

क्लाइमेक्स आर्ट्स प्रोडक्सन प्रा. लि. को ब्यानरमा निर्माण भएको गुरुङ संस्कार संस्कृतिमा आधारित गुरुङ भाषाको चलचित्र मारक्यु (सुनपानी) युकेमा प्रदर्सन गर्ने भएको छ ।
आगामी मार्च १ तारिखका दिन चर्चित लोक दोहोरि गायिका बिस्नु माया गुरुङ र प्रकाश गुरुङ को प्रत्यक्ष दोहोरीको बेजोड प्रस्तुतिको साथमा एशियाकै नमुना गाउ घले गाउको म्युजिक भिडियो संगै चलचित्र मारक्यु को भब्य प्रदर्शन गरिने भएको हो । चलचित्र प्रदर्शनबाट उठेको ५०% रकम नेपाल तोक्वान्दो एसोसिएसनको आयोजनामा पोखरामा हुन लागिरहेको visit nepal 2020 3rd mount everest international wold taekwondo championship 2020 मा सहभागी हुन बेलायत बाट नेपाल जाने खेलाडी हरुको लागि सहयोग गरिने भएको छ । त्यसै गरि चलचित्र हेर्नका लागि टिकेटमा १८ बर्ष मुनिको र 65 बर्ष माथिको लाइ ५०% छुटको ब्यवस्था पनि गरिएको छ चलचित्र शतप्रतिशत गुरुङ भाषामा निर्माण भएता पनि यसको प्रतिलिपी नेपाली भाषामा पनि डबिङ गरेको हुदा युकेमा भने सबै दर्शकहरुले बुझ्न सहज होस भनि नेपाली भाषाको नै देखाउने निर्माता नवराज घले ले बताउनु भएको छ । चलचित्र यस अघि काठमाडौं, लम्जुङ, खैरेनी, काठमाडौं , हङकङ, पोखरा मा प्रदर्शन भई सकेको छ । मारक्यु (सुनपानी)जसले गुरुङ समाज भित्र रहेको संस्कारलाइ बोकेको र चलचित्रले सुनपानी हाम्रो संकारमा के कस्तो कति महत्व छ भन्ने बारेमा निर्माण गरेको निर्माण पक्ष को भनाइ छ । कारुणिक मय प्रेम कथा बस्तुमा समेट्दै दिदि भाइ बिचको सम्बन्धलाइ समाजमा चित्रण गराउदै कहिले हसाउने कहिले रुवाउदै जिवनको उकालि ओरालि बगेको एउटा पारिवारिक चलचित्र हो । चलचित्र सन्देश मुलक हुनुका साथै यस चलचित्रमा एउटा जिम्मेवारि दिदिले निभाउनु पर्ने कर्तव्य बाट आफ्नो जिवनको बाजि राखेर भाइको उज्वल भविष्यको लागि आफ्नो जिवनका सारा खुसिहरु मारेको कथामा समिटिएको छ निर्माण पक्षका भनाइ अनुसार गुरुङ संस्कार संस्कृति, भेस भुषा र भाषा लाइ संरक्षण र प्रवर्द्द्नमा यस चलचित्रले ठुलो भुमिका खेल्ने पनि दाबी गरिएको छ । चन्द्र बहादुर गुरुङ, नवराज घले , सुर्य घले , नन्द बहादुर गुरुङ, कालु गुरुङ, संग्राम गुरुङ, राकेश गुरुङ, दबिराम गुरुङ, केश गुरुङ लगायत को संयुक्त लगानी रहेको मारक्यु चलचित्र पुर्बि लमजुङ को दोर्दि गाउपालिका ५ छैलुङ र वाक्सोरामा छायांकन गरिएको छ | यस चलचित्रमा दिनेश गुरुङले निर्देशन गर्नु भएको छ भने वहाँ ले यसै चलचित्र बाट डेब्यु गर्नु भएको छ। लेखक निर्देशक सुबास गुरुङ (गणेश) को कथा पटकथा संवाद लेखन रहेको चलचित्र मा मुख्य भुमिका खुशि गुरुङ, कमल गुरुङ, रोश्नि गुरुङ, संग्राम गुरुङ गज बहादुर गुरुङ, लगायत कलाकारहरुले अभिनय गरेका छन भने सुशान्त प्रजापति छायांकन , उज्वल ढकाल सम्पादन , पार्स्व संगित धन बहादुर गुरुङ, सैलेश श्रेष्ठ , कलर सन्तोष मालाकार, साउन्ड डिजाइनर मिक्सिङ अमृत श्रेष्ठ , संगित रामकुमार गुरुङ(Rk) , सुर्य घले, रचनाकार सुबास गुरुङ, गायक गायिका राम कुमार गुरुङ, जुना गुरुङ, खुशि गुरुङ , मेक अप बिक्रम थापा , नित्य निर्देशक भरति घले ले गर्नु भएको छ |