छिम्केश्वरी महोत्सव बारे काठमाडौमा आज पत्रकार सम्मेलन

आँबुखैरेनी, ११ फागुन
तनहुँकै सबैभन्दा अग्लो स्थान छिम्केश्वरीको पर्यटन प्रवर्द्धनका लागि आयोजना हुन लागेको छिम्केश्वरी पर्यटन तथा साँस्कृतिक महोत्सव २०७६ बारे जानकारी दिन काठमाडौमा आज पत्रकार सम्मेलन गरिएको छ ।
नेपाल टुरिजम बोर्डको सभाहल काठमाडौमा आबुखैरेनी समाज काठमाडौ र तनहुँ बन्दिपुर छिम्केश्वरी तमु समाज काठमाण्डौको संयोजनमा आज छिम्केश्वरी पर्यटन तथा साँस्कृतिक महोत्सव २०७६ बारे पत्रकार सम्मेलन गरिएको हो ।
काठमाण्डौमा भएको पत्रकार सम्मेलनमा महोत्सवका निर्देशक एवं पर्यटनविद् हरिसिंह गुरुङले महोत्सव बारे जानकारी दिएको आबुखैरेनी समाज काठमाडौका अध्यक्ष प्रकाश कोइरालाले जानकारी दिनुभयो ।


यसपालीको होलि (फागु पुर्णिामा) को अवसर पारेर “छिम्केश्वरी हाम्रो आधार, ग्रामीण पर्यटन विकाशको आधार” भन्ने मुल नाराका साथ आगामी फागुन २५ देखि २७ सम्म ‘छिम्केश्वरी पर्यटन तथा साँस्कृतिक महोत्सव २०७६’ आयोजना हुन लागेको हो ।
यतिबेला महोत्सवको तयारी तिब्र रुपमा भैरहेको छ ।


महोत्सवको संरक्षक आबुखैरेनी गाउँपालिका, आयोजक छिम्केश्वरी पर्यटन विकास समिति, सहआयोजक हिलेखर्क सामुदायिक होम स्टे र छिम्केश्वरी सामुदायिक होम स्टे, प्रवर्द्धक, नेपाल पर्यटन बोर्ड पोखारा, उद्योग वाणिज्य संघ इकाई आबुखैरेनी, इकाई सत्रसय, सम्पदा नेपाल, प्याडल नेपाल र आबुखैरेनीका लायन्स क्ल्वहरुका साथै मिडिया पार्टनरमा आबुखैरेनी सन्देश साप्ताहिक, इच्छाकामना न्युज डटकम, मेरो साथी एफएम र मनकामना एफएम रहेका छन ।