आँबुखैरेनीमा १५ दिने निःशुल्क व्युटिशियन तालिम सम्पन्न

आँबुखैरेनी, २ फागुन
आँबुखैरेनीमा १५ दिने निःशुल्क व्यटिशियन तालिम सम्पन्न भएको छ । आँबुखैरेनी गाउँपालिकाको आर्थिक सहयोगमा विकाश सचेतना तथा रोकथाम कार्यक्रमले सञ्चालन गरेको १५ दिने व्युटिशियन तालिम बिहिबार सम्पन्न भएको हो ।

कार्यक्रमका अध्यक्ष चिजा श्रेष्ठको सभापतित्वमा सम्पन्न समापन कार्यक्रमको प्रमुख अतिथि गाउँपालिकाका उपाध्यक्ष पुष्पादेवी श्रेष्ठ रहनुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि उपाध्यक्ष श्रेष्ठले महिलाहरुलाई शिप सिकाई आत्मनिर्भर बनाउनका लागि आगामी दिनमा एड्भान्स तालिमहरु सञ्चालन गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा आँबुखैरेनी वडा नं. ५ का वडाध्यक्ष पञ्च बहादुर गुरुङको समेत उपस्थिति रहेको थियो । गत माघ १६ गतेदेखि सञ्चालन भएको तालिममा आँबुखैरेनीका १६ जना महिलाहरुको सहभागिता रहेको थियो । तालिममा प्रशिक्षकको रुपमा दिपा व्युटिपार्लरका सञ्चालक दिपा सोमै मगरले सहजिकरण गर्नुभएको थियो ।