इच्छाकामना गापाद्वारा डिआईजी प्रधानको विदाई

कुरिनटार, १ फागुन
चितवनको इच्छाकामना गाउँपालिकाले शसस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम केन्द्र शिक्षालय कुरिनटारका प्रमुख डिआइजी किशोर प्रधानलाई पदन्नोती भएकोमा बधाई दिदै बिदाई गरेको छ । बिहिबार गाउँपालिकामा नै एक कार्यक्रमको आयोजना गरि गाउँपालिकाले डिआइजीमा बढुवा भइ यहाँबाट जानु लाग्नुभएका प्रधानलाई बधाई तथा शुभकामना दिई विदाई गरेको हो ।


विदाई तथा शुभकामना कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले १५ महिने बसाइँमा प्रधान यहाँका नागरिकहरुको मनमुटुमा बस्न सफल हुनुभएको बताउनुभयो । हरेक सामाजिक कार्यहरुमा शिक्षालय कुरिनटारको टिमले साथ दिइरहेको भन्दै विपद् व्यवस्थापन तालिम केन्द्र र प्रमुख प्रधानको प्रशंसा गर्नुभयो ।
अध्यक्ष गुरुङले डिआइजीमा बढुवा हुनुभएकोमा बधाई दिदैँ आगामी दिनहरुमा अझ सफलता मिलोस् पनि शुभकामना दिनुभयो ।
डिआइजी प्रधानले आफुले देशका विभिन्न जिल्लामा रहदाँ भन्दा यहाँका जनताहरुको फरक किसिमको माया पाएको बताउनुभयो । उहाँले यहाँका नागरिकले दिएको सम्मानले आफु र आफ्नो टिमले गरेको कामबाट सन्तुष्टि मिलेको र आगामी दिनका लागि प्रेरणा मिलेको बताउनुभयो ।


उहाँले यस शिक्षालय मार्फत आफ्नो कार्यकालमा कुरिनटार र इच्छाकामनालाई देशविदेशमा चिनाउने अवसर आफुले पाएको बताउनुभयो ।
यहाँबाट उद्धार लगायत विभिन्न तालिम कार्यक्रमहरुमा सहभागी हुन अन्यन्त्र जादाँ इच्छाकामनाको कुरिनटारबाट हामी आएका हौँ भनेर चिनाउने गरिएको बताउनुभयो । साथै उहाँले विभिन्न देश सम्मिलित विपद् व्यवस्थापन तालिम पनि आफ्नै कार्यकालमा आयोजना गरिएको बताउनुभयो।


उहाँले भन्नुभयो, “हाम्रा प्रमुख काम तालिम भएपनि यहाँका प्रहरी लगायत अन्य निकायहरुसंग सहकार्य गरेर शान्ति सुरक्षामा यस शिक्षालयले काम गरिरहेको छ, हामीले स्थानीयलाई पनि विपद् व्यवस्थापन सम्बन्धि तालिम दिएका छौँ, नागरिकको हरेक दुख सुखमा साथ दिने कम गरेका छौँ, हामीले गर्न सकिने हरेक सामाजिक काममा श्रमदान गरिरहेको छ , त्याती मात्र नभएर हाम्रो टिम जहाँ गएपनि कुरिनटारबाट आएका हौँ भनेर चिनाउने गरेका छौँ, विभिन्न राष्ट्रका सुरक्षा फौजलार्य विपद् व्यवस्थापन तालिम पनि मैरै कार्यकालमा सम्पन्न गर्न पाएको छु । ”


साथै उहाँले इच्छाकामना गाउँपालिकाले यस शिक्षालयलाई हरेक तबरबाट सहयोग गर्दा काम गर्न सहज बनेको बताउनुभयो ।
उहाँले गाउँपालिकाले शिक्षालयको गेट बनाउनदेखि लिएर एम्बुलेन्स विक्रिदाँ बनाउने बजेट उपलब्ध गराएको सम्म स्मरण गराउनुभयो ।
उहाँले यहाँबाट आफु मात्र जान लागेको भन्दै अन्य सिंगो टिमले आगामी दिनमा यसरी नै सहकार्यका साथ काम हुनेमा विश्वास व्यक्त गर्नुभयो । नागरिक र सुरक्षा निकायबिच समधुर सम्बन्धले मात्र शान्ति सुरक्षाको अनुभुती हुने बताउनुभयो । नागरिक हरेक प्रहरमा शसस्त्र प्रहरीको भूमिका महत्वपूर्ण हुने उहाँको भनाईछ ।
कार्यक्रममा उपाध्यक्ष कृतिकुमार श्रेष्ठ , स्थानीय महिला समुहहरुबाट मिनु राइ र गोमा घिमिरेले बोल्नुभएको थियो । गाउँपालिकाका जनप्रतिनिधि कर्मचारीहरु र स्थानियले बढुवा हुनुभएकोमा फुलको गुच्छा खादा र अविर लगाई बधाई दिएका थिए ।


प्रमुख प्रशासकिय अधिकृत सुकदेव लम्सालले संचालन गर्नुभएको कार्यक्रमा स्वास्थ्य प्रमुख वासुदेव सापकोटाले स्वागत मन्तव्य राख्नुभएको थियो ।