काभ्रेको चौरीदेउराली गाउँपालिका पनि साक्षर घोषणा 

काभ्रे,०२ फागुन
काभ्रेको दुर्गम क्षेत्रमा पर्ने चौरीदेउराली गाउँपालिका साक्षर घोषणा भएको छ । गाउँपालिकाभित्र बसोबास गर्ने १५ देखि ६० वर्ष उमेर समुहका निरक्षर मध्ये ९७ प्रतिशत नागरिक साक्षर भएपछि हिजो साक्षर पालिका घोषणा गरिएको हो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले पालिकालाई साक्षर पालिकाको प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो । योसँगै जिल्लाका १३ वटै स्थानीय तह साक्षर घोषणा भएका छन् ।