कुबेतमा माटोको ढिस्कोले पुरिएर ६ नेपालीको मृत्यु

काठमाडौँ,०२ फागुन
कुबेतमा माटोको ढिस्कोले पुरिएर ६ जना नेपालीको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा पाल्पाका एकबहादुर गाहा, सिराहाका गंगाराम चौधरी, ताप्लेजुङका बसन्त गुरुङ र दाङका श्याम नारायण चौधरी रहेको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासका अनुसार मृतक अन्य दुई जनाको भने सनाखत हुन सकेको छैन । घटनामा धर्मेन्द्र कुमार शाह र मनोरथ मण्डल घाइते हुनुभएको छ । शाहको कुवेतस्थित जाहारा अस्पतालमा उपचार भइरहेको र मण्डल उपचारपछि कम्पनीमा फर्किइसक्नुभएको कुवेतस्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । निर्माणस्थलको ब्लक ५ मा ढल निर्माण गरिरहेका बेला माटो र ढुंगा मिसिएको ढिस्को खसेको बताइएको छ ।