पनौतीमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु 

काभ्रे, ०१ फागुन
पनौती नगरपालिकामा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ । नगरपालिका भित्र रहेका माध्यमिक तथा आधारभूत विद्यालयहरुबीच हिजोबाट १२ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको हो । नगरपालिकाका प्रमुख भीम न्यौपानेले सटपुट फालेर प्रतियोगिताको उद्घाटन गर्नुभयो । २२ वटा विद्यालयको सहभागिता रहेको प्रतियोगितामा दौड, एथलेटिक्स, भलिबल र कवडीका खेलहरु हुनेछन् ।