धुलिखेल अस्पतालमा ‘कोभिड–१९’ संक्रमितका लागि उपचार कक्ष स्थापना 

काभ्रे,०१ फाल्गुण
काभ्रेको धुलिखेल अस्पतालमा कोरोना भाइरस संक्रमितका लागि उपचार कक्ष स्थापना गरिएको छ । चीनको वुहान शहरबाट गत डिसेम्बरमा फैलिएको नोवेल कोरोना भाइरस अर्थात् ‘कोभिड–१९’ को संक्रमण फैलन नदिन भन्दै काभ्रेमा पहिलो पटक उपचारका लागि कक्ष स्थापना भएको अस्पतालका कार्यकारी निर्देशक डा. रमेश मकाजुले बताउनुभयो । अस्पतालले चिनमा २ हप्ता वा सो भन्दा बढि समय बिताई नेपाल आउनेहरुका लागि र चिनका पर्यटकहरुका लागि ८ वटा बेडका साथै अत्यावश्यक उपचारका सामग्रीसहितको उपचार कक्ष स्थापना गरेको उहाँले जानकारी दिनुभयो । अस्पतालले हेल्थ डेस्क स्थापना गरि रुघाखोकी, उच्च ज्वरोका बिरामीलाई बढी निगरानीमा राख्ने गरेको पनि अस्पताल प्रशासनले जानएको छ ।