पाल्पाको ढाकाले मुलुकको आर्थिक समृद्धिमा सहयोग पुग्छ : मुख्यमन्त्री पोखरेल 

पाल्पा,०१ फागुन
प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले पाल्पाली ढाकाले मुलुकको आर्थिक समृद्धिमा सहयोग पुग्ने बताउनुभएको छ । प्रदेश सरकार र यूके एड सीप परियोजनाको सहयोग र पाल्पाली ढाका संघको आयोजनामा तानसेनमा भएको ‘ढाका परियोजना’ सम्बन्धी सम्झौता हस्ताक्षर कार्यक्रममा मन्त्री पोखरेलले पाल्पाली ढाका नेपालकै पुरानो र संस्कृतिको एउटा अङ्ग भएको उल्लेख गर्नुभयो । नेपालमा ढाका टोपीको चलनचल्ती पाल्पाली ढाका टेपीबाटै सुरु भएको भन्दै मुख्यमन्त्री पोखरेलले नेपाललाई पहिचान दिएको पाल्पाली ढाका पछिल्लो समयमा ओझेलमा परेकोमा दुःख व्यक्त गर्नुभयो । अनलाइन मार्केटबाट पाल्पाली ढाकाको व्यापार व्यवसायमा प्रवद्र्धन गर्न प्रदेश सरकारले पहल थालेकोमा जनशक्ति विकास र प्रवद्र्धन गर्नुपर्ने आवश्यकताको महसुस गरेर सीप परियोजनामार्फत तीन वर्षे कार्यक्रम सञ्चालन गर्ने मन्त्री पोखरेलको भनाइ छ ।