सहिद लखन गापाको न्यायीक समितिमा ३ वर्षमा ४३ उजुरि

घैरुङ, २९ माघ

गोरखराको सहिद लखन गाउँपालिकामा न्यायिक समिति गठन भएदेखि हालसम्म ४३ वटा उजुरी परेका छन् । गाउँपालिकालाई देवानी अन्र्तगतको मुद्धा मिलाउने अधिकारी दिएर गठन भएको न्यायिक समितिमा करिब ३ बर्षको अबधीमा परेका उजुरी मध्ये अधिकासं घरासयी उजुरीहरु रहेको गाँउपालिकाकी उपाध्यक्ष एवं न्यायिक समितिकी संयोजक इन्दिरा तिवारीले जानकारी दिनुभयो ।

अघिल्लो आर्थिक बर्ष आर्थिक बर्ष २०७४/७५ मा ११ वटा उजुरी परेको न्यायिक समितिमा गएको आर्थिक बर्ष २२ वटा उजुरी परेको बताउनुभयो । त्यस्तै चालु आर्थिक बर्षमा समितिमा १० वटा मुद्दामा उजुरी परेको उहाँले बताउनुभयो । ‘समितिमा परेका उजुरी मध्ये अधिकासं घरायसीहरु उजुरीहरु छन्, उहाँले भन्नुभयो, त्यसमा पारिवारक झगडा, अंशमुद्धा लगायत छन् ।’

संयोजक तिवारीका अनुसार करिब ३ बर्षको अबधीमा परेका ४३ वटा उजुरी परेको मध्ये १९ वटा मुद्दा घरासयी बिबाद सम्बन्धी परेका छन् । अघिल्लो आर्थिक बर्ष २०७४/७५ मा ४ वटा, गत आर्थिक बर्षमा सबैभन्दा धेरै १२ वटा र चालु आर्थिक बर्षमा ३ वटा घरायसी मुद्दा दर्ता भएको उहाँले जानकारी दिनुभयो । परेको उजुरीहरु मध्ये १५ वटा झगडाका मुद्दा मिलापत्र भएको छ भने ४ वटा मुद्दा भने छलफलको क्रममा रहेको उहाँले बताउनुभयो ।

त्यस्तै लेनदेन सम्बन्धी मुद्दामा आर्थिक बर्ष २०७४/७५ मा ४ वटा, गत आर्थिक बर्षमा ५ वटा र चालु आर्थिक बर्षको हाल सम्म २ वटा मुद्दा दर्ता भएका छन् । गाउँपालिकामा न्यायिक समितीले नै बिभिन्न किसिमका मुद्दाहरु दर्ता गरेर समाधान समेत गर्ने भएपछि पछिल्लो समय उजुरी गर्ने संख्या बढेको उपाध्यक्ष तिवारीले बताउनुभयो ।

उजुरी परेका मुद्दाको अवस्था हेरेर सम्भव भएसम्म न्यायिक समितिबाट नै मिलापत्र गरेर पठाउने गरेको उहाँको भनाई छ । स्थानिय सरकार सञ्चालन ऐन २०७४, परिच्छेद ८, दफा ४७ को उपदफा १ अनुसार न्यायिक समितिको विवाद निरुपण गर्ने अधिकार क्षेत्र भित्रका बिषयबस्तुमा उल्लेख भए बमोजिमका मुद्दाहरु दर्ता हुने गरेको र समाधानको लागी मौखिक तथा लिखित निवदेन पर्ने गरेको छ ।