अफगानिस्तानको राजधानी काबुलमा आत्मघाती बिस्फोट, पाँच जनाको मृत्यु 

अफगानिस्तानको राजधानी काबुलमा आज बिहान एउटा आत्मघाती आक्रमणमा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको छ । हालसम्म कुनै समूहले यस आक्रमणको जिम्मा लिएको छैन । स्थानीय समय अनुसार आज बिहान ८ बजेतिर विस्फोट भएको हो । विस्फोटमा दुई सर्वसाधारण नागरिक र तीन सैनिकसहित पाँचजनाको मृत्यु भएको छ ।