खोटाङ्गमा बालबालिकालाई दुई चरणमा दादुरा तथा रुवेला विरुद्धको खोप लगाइने 

खोटाङ,२७ माघ
खोटाङ्गमा सबै पालिका तथा वडाहरुमा ९ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई दादुरा तथा रुवेला खोप लगाइने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय खोटाङ्गका प्रमुख पुन्यप्रसाद सिग्देलका अनुसार आगामी फागुन १ गतेदेखि २३ गतेसम्म दई चरण गरेर वडा तथा पालिकाहरुको स्थानीय खोपकेन्द्रहरुमा बालबालिकाहरुलाई दादुरा र रुवेलाको खोज लगाइने छ । पहिलो चरणमा फागुन एक गतेदेखि नौ गतेसम्म जिल्लाको खोटेहाङ्ग गाउँपालिका, जन्तेढुङ्गा गाउँपालिका र बराहापोखरी गाउँपालिकामा २१ वटा स्वास्थ्य संस्थाहरु मार्फत् खोप सेवा सञ्चालन हुने छ । यस्तै, दोस्रो चरणमा, फागुन १५ देखि २३ गतेसम्म दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, हलेसी तुवाचुङ्ग नगरपालिका, दिप्रुङ्गचुइचुम्मा गाउँपालिका, साकेला गाउँपालिका, रावा बेसी गाउँपालिका, ऐेशेलुखर्क गाउँपालिका र केपिलासगढी गाउँपालिकामा ५५ वटा स्वास्थ्यसंस्था मार्फत् खोप सेवा सञ्चालन गरिने सवस्थ्य कार्यालय प्रमुख सिग्देलले जानकारी दिनुभयो ।