गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रीकेट रंगशाला निर्माणका लागि चितवनको इच्छाकामना गाउँपालिकाले दियो ११ लाख रकम (फोटो र भिडियो)

चितवन, २५ माघ
धुर्मुस सुन्तली फाउन्डेसनले चितवनको रामपुरमा निर्माण गरिरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माणका लागि इच्छाकामना गाउँपालिकाले पनि आर्थिक सहयोग गरेको छ । रंगशाला निर्माणका लागि सहयोग संकलन गर्न आयोजना भैरहेको महायज्ञमा पुगि गाउँपालिकाले आज आर्थिक सहयोग गरेको हो ।
गाउँपालिकाको अध्यक्ष गीता कुमारी गुरुङको नेतृत्वमा उपाध्यक्ष कृती कुमार श्रेष्ठ, प्रमुख प्रशसकिय अधिकृत सुकदेव लम्साल, प्रवक्ता सावित्री गुरुङ लगायतको समुहले ११ लाख ११ हजार १ सय ११ रुपैयाँको चेक हस्तान्तरण गरेको थियो । नेपालको गौरवको आयोजनाको रूपमा चितवन जिल्ला मै निर्माण भैरहेको रंगशाला निर्माणमा सहयोग गर्नु हाम्रो पनि जिम्मेवारी भएकोले आर्थिक सहयोग गरिएको गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले बताउनु भयो ।
भिडियो सहित
link :https://www.youtube.com/watch?v=L0m5dJqjqEM&feature=youtu.be