गुरुङ भाषाको चलचित्र “युके स्विटर” शनिबार दमौलिमा प्रदर्सन हुने

गुरुङ संस्कार संस्कृतिमा आधारित चलचित्र ुयूके सूइटरु दमौलीमा प्रदर्शन गरिने भएको छ । गुरुङ संस्कार संस्कृतिको जगेर्ना गरौं भन्ने उद्देश्यले तयार गरिएको चलचित्र आगामि शनिबार दमौली स्थित उद्योग वाणिज्य संघको हलमा प्रदर्शन गर्ने तयारी गरिएको संयोजक गल गुरुङले बताए ।

चलचत्रि प्रदर्शनीका विषयमा जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा निर्देशक गुञ्ज बहादुर गुरुङले आफ्नै गाउँठाउँ, आफ्नै गुरुङ संस्कार र संकृतिको खोजी नीति गर्दै जाँदा थुप्रै कथाहरु भेटिए तर पनि कथाहरु भेटिए अनुसार हामीले हाम्रो कुराहरु भन्न नजानेको हुँदा चलचित्र मात्र त्यो सन्देश दिन खोजिएको बताए ।

उनले भने, ुहामीले फिल्म बनाउदै सिक्दै छौ । सायद यो कला भन्ने कुरा अपूर्ण हुँदो रहेछ, निकै गह्रो छ । हामीले हाम्रो कामसंगै हाम्रो संस्कार, संस्कृति र गुरुङ समुदायलाई फिल्म मार्फत सल्लाह सुझावहरु दिने कोसिस गर्दै छौं ।ु

चलचित्रमा हाम्रा बाउबाजेदेखिको लाहुरे परिवेशसंगै विदेशतिर लाग्छ । क्षेत्री, बाहुनका साथी भाई सरकारी निकाय तिर जागिर खोज्दै हिड्छन र हाम्रा मान्छेहरु लाहुरे हुन विदेशतिर लागेको हुन्छ । यसलाई हामीले आफ्नै देशमा बसेर कसरी जिउने त भन्ने खालका सन्देश नयाँ पिढीलाई ज्ञान, शिक्षा दिनको लागि हाम्रो यो ुयूके सूइटरुमा दिन खोजिएको निर्देशक गुरुङले बताए ।
हाम्रो छोराछोरी पढेर डाक्टर, इन्जिनियर हनुपर्छ भन्ने सन्देश यो चलचित्रले दिने खोजेको बताउँदै निर्देशक गुरुङले भने, ुसमग्रमा गुरुङ समुदायले यो चलचित्र हेर्दै जाँदा बुझ्नु हुन्छ होला र गाउँकी सोझी गरिबकी छोरी र लाहुरे यूकेबाट छुट्टी आउँदा गुरुङ संस्कार अनुसार कौडा नाच्ने, रोधी बस्न जाने हुन्छ र त्यतीबेला गाउँकी सोझी केटीले कौडा नाच्दा आफ्नो पछेउरी हिरोलाई दिएको हुन्छ र बेलुका रोधी बस्ने बेलामा लाहुरेले यूकेबाट ल्याएको यूके सूइटर ल्याएको हुन्छ । यो यूके सूइटर नै गाउँको नानीलाई चिनो दिएको हुन्छ र कथा यसै भित्र केन्द्रित छ ।ु

चलचित्रमा रोशन गुरुङ, रिया गुरुङ, डिबी गुरुङ, बिपिना गुरुङ, टिकाराम घले, सिता गुरुङ, कमलादेवी गुरुङ लगायतका कलाकारहरुले अभिनय गरेका छन् । उक्त चलचित्र मेजर एल।बी। गुरुङ, गौबहादुर गुरुङ, धनमाया गुरुङ र रनमाया गुरुङले निर्माण गरेका छन् भने गुञ्जन बहादुर गुरुङले निर्देशन गरेका छन ।

करिब २५ लाख रुपैयाँको लागतमा निर्माण गरिएको चलचित्रको कथावस्तु लाहुरेको, गाउँवेसी र गुरुङहरुको कला र संस्कृतिमा आधारित चलचित्र भाषा र नेपाली भाषामा रहेको संयोजक गल गुरुङले बताए ।