ब्याडमिन्टन खेलाडी दाहाल विश्व वरियताको ११ औं स्थानमा

मङ्ल, पुस २९, २०७६
ब्याडमिन्टनको युवा खेलाडी प्रिन्स दाहाल विश्व वरियताको ११ औं स्थानमा अटाउन सफल हुनुभएको छ । गत मंगलबारमात्र विश्व वरियतामा छलाङ मार्दै १४ औं स्थानमा उक्लिनुभएका प्रिन्सले ३ स्थान सुधार गर्दै ११ औं स्थानमा उक्लिनुभएको छ । प्रिन्सले प्राप्त गरेको वरियता विश्व जुनियर ब्याडमिन्टनमा नेपालको अहिलेसम्मकै सर्वोकृष्ट नतिजा हो । विश्व ब्याडमिन्टन महासंघ (बीडब्लुएफ)ले आज सार्वजनिक गरेको वरियतामा प्रिन्स ११ औं स्थानमा पर्नुभएको हो । विश्व ब्याडमिन्टन महासंघले पुरुषतर्फ १९ वर्ष मुनि र सिनियरतर्फ गरि दुई स्पर्धामा वरियता सार्वजनीक गर्दै आएको छ ।