रेडियो दिदीबहिनीले १३ औं गण्डकी प्रदेश स्तरीय महिला महोत्सव गर्ने

पर्वत,२९ पुस
सामुदायिक रेडियो दिदि बहिनीले आफ्नो दशौ वार्षिकोत्सवको अवसरमा वृहत्त १३ औं गण्डकी प्रदेश स्तरीय महिला महोत्सव गर्ने भएको छ । पर्वतको जलजला गाउँपालिका–३ मा आगामी फागुन १ देखि ११ गतेसम्म महोत्सव आयोजना गर्न लागेको हो । महोत्सवमा चौथों दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल, दोस्रो दिदीबहिनी नृत्य आइडल, पालिका स्तरीय पुरुष भलिबल, विद्यालय स्तरीय नृत्य रत्यौली र भजन प्रतियोगिता हुने छ । झाँकी र कृषि तथा पशु मेला प्रर्दशनी, महिला उद्यमी तथा विशिष्ट व्यक्तिहरुलाई सम्मानका साथै बाल उद्यान, रमाइलो मेला र कलाकारको प्रस्तुति महोत्सवको थप आकर्षण हुने पत्रकार सम्मेलनमा रेडियोका अध्यक्ष कल्पना चापागाईँले बताउनुभयो । १ सय १० औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर आयोजित महोत्सवमा देशभरका एफएम. रेडियोका महिला अध्यक्ष तथा स्टेशन म्यानेजरको भेला पनि गरिने उहाँले जानकारी दिनुभयो ।