फेला पर्यो गैडाकट्टा ढुँगा

नवलपुर
अहिलेसम्म प्रचारप्रसारमा नआएका तर पर्यटक आकर्षित गर्ने स्थानहरुको खोजीमा जिल्ला समन्वय समिति नवलपुर सक्रिय बनेको छ । गत शनिवार मात्रै बुलिङ्टार गाउँपालिका १ हात्तीगौँडामा रहेको झेरीखण्डे दरवारको स्थलगत अवलोकन गरेपछि हिजो गैडाकोटमा एक ऐतिहासिक शिला फेला परेको छ । शिलामा गैडाको आकृति देखिन्छ भने हिजै शिलाको जिल्ला समन्वय समिति नवलपुरका प्रमुख चेसराम आलेको समूहले त्यसको नाप पनि गरेको छ । मणि मुकुन्दसेन राजाले आदेश दिएपछि गैडालाई काटिएको स्थलमा भेटिएको शिलामा गैडाको आकृति पुरै देखिन्छ भन्दै प्रमुख आलेले जसलाई गैडाकट्टा ढुँगा भनेर चिनिएको जानकारी दिनुभयो । त्यसको कथनलाई लिएर गैडाकोट नामाकरण गरिएको प्रमुख आलेले दावी गर्नुभएको छ । अब भेटिएको शिलाको संरक्षणसँगै ऐतिहासिक पुरातत्व विभागसँग सहकार्य गरेर थप अनुसन्धान गर्ने र पूर्वाधारको विकास गर्दै जाने उहाँले बताउनुभयो ।