नेपाली खच्चडलाई त्रिदेशीय सीमा क्षेत्रको रोजगारमा भारतले लगायो रोक

दार्चुला,२९ पुस
नेपाली नागरिकहरुले पालेका खच्चडहरुलाई भारतीय सीमा क्षेत्रमा रोजगारीका लागि प्रतिबन्ध गरिएको छ । २ वर्ष पहिले नेपाली नागरिकहरुले पालेका खच्चडलाई भारतको उत्तरी सीमा क्षेत्र घट्टेबगड लगायत कुटि, कालापानी क्षेत्रमा रोजगारी पाइन्थ्यो । खच्चड व्यवसायी व्यास गाउँपालिका वडा नं. ४ का स्थानीय कलमसिह खातीले त्रिदेशीय सीमा क्षेत्रमा नेपाली खच्चडहरुलाई समान ढुवानि लगायतका कार्यमा भारतले प्रतिबन्ध गरेपछि समस्या भएको बताउनुभयो । भारतले नेपालका खच्चडहरुलाई सीमा क्षेत्र प्रवेसमा रोक लगाउँदा व्यवसाय प्रभावित भएको उहाँको भनाइ छ । भारतले सीमा क्षेत्रमा नेपाली खच्चडलाई प्रवेसमा रोकेपछि अहिले नेपाली क्षेत्रमा नै बालुवा बोक्ने, चामल ढुवानी गर्ने गरेको व्यास गाउँपालिका वाड नं. ४ सुन्सेराका खच्चड व्यवसायी कलम सिंह खातीले बताउनुभयो । भारतले नेपालको बाटो भत्काएको र नेपाली खच्चडहरु आफ्नो भुमी प्रवेसमा रोक लगाएकाले खच्चड व्यवसायीहरुलाई रोजगारका लागी समस्या भएको उहाँले बताउनुभयो ।