आजदेशका केही ठाउँमा मौसम बदली हुने

चितवन, २९ पुस

आज देशका केही ठाउँमा मौसम बदली हुने भएको छ । पश्चिमी वायु सक्रिय भएसँगै केही दिन यता देशका विभिन्न ठाउँको मौसम बदली भइरहेको छ । तराईमा बाक्लो तुवाँलो नहट्दा जनजीवन प्रभावित भइरहेको छ । केही दिन यता लगातार तराईमा कुहिरो लागि रहेको छ । कुहिरोसँगै चिसो हावा पनि चलेकाले विशेषगरी वृद्धवृद्धा र बालबालिका बिरामी समस्यामा परेका रहेका सामुदायिक रेडियोहरुले जानकारी दिएका छन्आज पनि बिहानैदेखि तराईका सबैजसो जिल्लामा बाक्लो कुहिरो लागेको छ । कुहिरो दिनभर रहने र बेलुकातिर हटेर जाने मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो । आज पश्चिमका उच्च पहाडी र हिमाली भेगमा सामान्य हिमपातको सम्भावना छ । सोमबारदेखि पश्चिमी वायुको प्रभाव देखिए पनि त्यति सक्रिय नभएकाले देशका अन्य ठाउँको मौसम भने सामान्यतया सफा नै रहने उहाँले बताउनुभयो ।