अकल्याण्ड क्लासिक टेनिसको उपाधि सेरेनालाई

सोम, पुस २८, २०७६
अमेरिकी टेनिस खेलाडी सेरेना विलियम्सले अकल्याण्ड क्लासिक टेनिसको उपाधि जित्नुभएको छ । हिजो राति भएको फाइनल खेलमा जेसिका पेगुलालाई ६–३ र ६–४ ले हराउदै सेरेनाले उपाधि जित्नुभएको हो । यससँगै पूर्व विश्व नम्बर एक सेरेना तीन वर्षपछि पहिलो उपाधि जित्न सफल पनि हुनु भएको छ । सेरेनाले पछिल्लो पटक सन् २०१७ मा अष्ट्रेलियन ओपन जित्नुभएको थियो । छोरीलाई जन्म दिएपछि २३ पटकको ग्राण्डस्लाम विजेता सेरेनाको यो पहिलो उपाधि पनि हो ।