तरुण दल आबुखैरेनीले पुर्णता पायो, २५ सदस्यीय कार्यसमिती बिस्तार

आबुखैरेनी, २८ पुस
नेपाल तरुण दल आबुखैरेनीको कार्यसमितिले पुर्णता पाएको छ । शनिबार आबुखैरेनीमा भएको एक भेलाले २५ सदस्यीय कार्यसमिती चयन गरेपछी पुर्णता पाएको हो । यसअघि भएको एक कार्यक्रममा अध्यक्षमा बिजय गुरुङलाई चयन गरेको भएपनि बाकी कार्यसमितिका पदाधिकारीहरु चयन हुन नसक्दा तरुण दल आबुखैरेनीले पुर्णता पाउन सकेको थिएन ।


पुर्व बनमन्त्री एवं काङ्ग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीको प्रमुख आतिथ्यतामा सप्पन्न भेलाले वरिष्ठ उपाध्यक्षमा अभियान श्रेष्ठ, उपाध्यक्षमा दिपेन्द्र अधिकारी, किशोर पन्त, कुमार गुरूङ र बदल थकाली, सचिवमा जय गुरूङ, सह- सचिवमा रवीन्द्र अधिकारी, कोषाध्यक्षमा अनु परियार लगायत २५ सदस्यीय कार्यसमिती चयन गरेको हो ।