आँबुखैरेनीमा विपन्न वर्गलाई न्यानो कपडा वितरण

आँबुखैरेनी, २७ पुस
तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. २ मा रहेका विपन्न वर्गलाई आज न्यानो कपडा (ब्लाङकेट) वितरण गरेको छ । आँबुखैरेनी २ नं.को वडा कार्यालयले आफ्नो वडामा रहेका विपन्न वर्गका ४० जनालाई आईतबार न्यानो कपडा (ब्लाङकेट) वितरण गरेको हो ।


गाउँपालिकाका अध्यक्ष गिर बहादुर थापाको प्रमुख आतिथ्यता, निमित्त प्रशासकिय अधिकृत बुद्धि प्रसाद भुसालको विशिष्ट आतिथ्यता तथा वडाध्यक्ष कटक बहादुर थापाको अध्यक्षतामा न्यानो कपडा वितरण गरेको कार्यालय सचिव रोशन के.सी.ले जानकारी दिएको छ ।