लायन्स क्लव आँबुखैरेनीको ह्याण्डओभर कार्यक्रम सम्पन्न

आँबुखैरेनी, २७ पुस

तनहुँको आँबुखैरेनीमा रहेको लायन्स क्लव अफ आँबुखैरेनीको आयोजनामा चार्टर ह्याण्डओभर कार्यक्रम सम्पन्न भएको छ ।

शनिबार आँबुखैरेनीमा रहेको माई छिम्केश्वरी पार्टी प्यालेसमा आयोजना गरिएको कार्यक्रम क्लवका अध्यक्ष लायन गोविन्द अधिकारीको सभापतित्व तथा आँबुखैरेनी गाउँपालिका अध्यक्ष गिर बहादुर थापाको प्रमुख

आतिथ्यतामा सम्पन्न भएको हो ।

 

कार्यक्रममा विशिष्ट अतिथीको रुपमा एमजेएफ लायन इन्दु लम्साल (डिष्ट्रिक गभर्नर) पिएमसिसी लायन राजन लम्साल एमजेएफ लायन मन बहादुर रोका (फस्र्ट भ्वाइस गभर्नर), एमजेएफ लायन महेन्द्र पौडेल (डिष्ट्रिक चिफ एड्भाईजर) लायन चुडामणी दाहाल, लायन सुनिल मल्ल उपस्थित रहनुभएको थियो भने अतिथिको रुपमा लायन्स क्लव अफ आँबुखैरेनीका पूर्व अध्यक्षहरु विपिन मल्ल, शिवओम मल्ल, सुरेन्द्र कुमार श्रेष्ठ, भगवानदाश मल्ल लगायतकाको उपस्थिति रहेको थियो ।