भोलि शनिबार चितवनमा गुरुङ भाषाको चलचित्र ´सिमिनाशा` प्रदर्शन हुने

चितवन, २५ पुस
गुरुङ समुदायको मृत्यु संस्कारमा आधारित गुरुङ भाषाको चलचित्र ´सिमिनाशा` चितवनमा प्रदर्शन हुने भएको छ। भोलि पुस २६ गते शनिबारका दिन चितवनमा गुरुङ भाषाको चलचित्र ´सिमिनाशा` को प्रदर्शन गर्न लागिएको आयोजक तमु प्ये ल्हु संघ युवा समिति चितवनले आज भरतपुरमा पत्रकार सम्मेलन गरि जानकारी दिएको हो।
नारायणी कला मन्दिरको हलमा प्रदर्शन गर्न लागिएको चलचित्र ´सिमिनाशा` को बिहान ११ बजे र दिउसो २ बजे गरि दुई शो प्रदर्शन गरिने आयोजक तमु प्ये ल्हु संघ युवा समिति चितवनका अध्यक्ष राजिव गुरुङले बताउनुभयो।
यस्तै पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै तमु प्ये ल्हु संघ चितवनका अध्यक्ष जगत बहादुर गुरुङले चलचित्र ´सिमिनाशा`ले गुरुङ समुदायको मृत्यु संस्कार सम्बन्धि सम्पुर्ण कुरालाइ समेटेकोले चलचित्र हेर्न आउन चितवनका सम्पुर्ण गुरुङ समुदायलाई आग्रह पनि गर्नु भयो।