समाचारको पनि पक्षधरता हुन्छ !

हामीले आमसञ्चार तथा पत्रकारिता विषयमा समाचार निष्पक्ष हुनुपर्छ भनेर पढेका हौँ । तर अहँ, होइन रहेछ । जव समाज नै पक्ष र विपक्षमा बिभाजित छ भने, जव समाजमा बिभिन्न वर्ग रहिरहन्छन् भने कसरी पत्रकारिता चाहिँ निस्पक्ष रहन्छरु समाजमा विद्यमान कुलीन वर्ग, चाप्लुसी, चाकरी, र हुने खाने ‘कर्पोरेट’ तथा मालिकहरुको तावेदारी गर्ने पत्रकारिताको एउटा पक्ष छ भने समज अग्रगमनका लागि जनतामा चेतना जागृत गर्ने र बहुपक्षीय जनताको दुरगामी हितका लागि सूचना, सन्देश र समाचार प्रकाशन, प्रसारण गर्ने पत्रकारिताको अर्को सजिव पाटो तथा पक्ष हो । जसलाई जनपक्षीय पत्रकारिता भनिन्छ ।

यस्तो छ नेपाली पत्रकारिताको सुरुआत

जंगबहादुर राणाले बेलायत भ्रमणबाट नेपाल फर्किँदा उपहारस्वरुप प्रदान गरिएको एक लिथोग्राफी प्रेस ९गिद्धे० प्रेस ल्याए । पम्प्लेट, हुलाक टिकट, धार्मिक पुस्तक, नीति तथा कानूनी पुस्तक छपाई हुने गरेको उक्त प्रेसले देव सम्शेर प्रधानमन्त्री भएपछि १९५८ सालमा गोर्खापत्र छाप्न थाल्यो ।

देव सम्शेरले नरदेव पाण्डेलाई गोरखापत्रको प्रशासन थमाउँदै एक सनद समेत जारी गरेका थिए । जुन सनदमा दरबारमा राजा र अन्य महिलाबीचको उठबसका बारेमा छाप्न नपाइने, जनताले बाघ, भालु चितुवा आदि बहादुरीपूर्वक मारेको खबर प्राप्त भए सो छाप्ने, नेपाली भूमिमा बहुमूल्य धातु तथा खानी फेला पर्यो भने त्यो छाप्न नपाइने आदि नीति नियमहरु सनदमा उल्लेख थिए ।

यसरी सनद नै जारी गरी पत्रिका प्रकाशन गर्नु पनि पक्षधरता हो । दरबारको पक्षमा राम्रो कुरा मात्र लेख्नु, सरकारका बारेमा बढाइचढाई गरेर राम्रो कुरा मात्र छाप्नु, जनताले बोलेका कुरा तथा उनीहरुका मागहरुलाई समाचारमा स्थान नदिनु पनि त पक्षधरता नै हो ।

पत्रकारिताको ‘निकटता’ सिद्धान्तले नै सिकाउँछ पक्षधरता

पत्रकारिताको सिद्धान्तले समाचारमा सत्य, तथ्य, बस्तुनिष्ठ, निकटता ९प्रोक्सिमिटी० हुन्छ र हुनुपर्छ भन्छ । पत्रकारिताको निकटता सिद्धान्तले नै समाचारमा पक्षधरता ल्याइदिन्छ । विश्वको कुनै पनि मुलुकमा छरिएर बसेका नेपालीहरुलाई कहाँ के भइरहेको छ भन्ने कुरा नेपाली भएको नाताले हामी समाचार ‘कन्टेन्ट’हरुमा खोज्छौँ । समाचारमा पक्षधरता भनेको यही हो । अहिलेका व्यबसायीक भनिएका ‘एलिट मिडिया’ ले उसका विज्ञापनदाताको बारेमा कहिल्यै नराम्रो लेख्दैन, देखे पनि लेख्दै । जतिसुकै निष्पक्ष र व्यबसायीक पत्रकारिताको वकालत गरे पनि कथित ‘बरिष्ठ पत्रकार’ हरु उनीहरुका नियमित बिज्ञापनदाताको गलत कृयाकपापका बारेमा समाचार, आलेख तथा विचारहरु लेख्ने हिम्मत नै गर्नैनन् । चौतर्फी जनदवाव आयो र ुअन्नदाताुको कर्तुत सर्वत्र छताछुल्ल भैहाल्यो भने दुई हरफ लेखिटोपल्छन, त्यो पनि उसका कर्तुतहरुमा रफु भर्दै । यसलाई पत्रकारिता भाषामा ‘क्रोनी जर्नालिजम’ भनिन्छ । यस्तो पत्रकारिताले आफ्नो ‘साथी’को गलत पक्षलाई मिडियामा स्थान दिँदैन ।
निकटता भनेकै पक्षधरता हो । तर, आजकल व्यवसायीक पत्रकारिताको ढोल पिटाउने ‘कर्पोरेट मिडिया’ले समाचारमा हुने यो पक्षधरताका बारेमा चाहिँ किन बोलेका छैननरु यो एक गम्भीर प्रशन हो ।

बहुमतको कदर पक्षधरता कि अल्पमतको कदर चाहिँ पक्षधरतारु

हरेक समाचार, आलेख तथा विचारहरुमा पक्षधरता हुन्छ । कहीँ ‘कोभर्ट’ अर्थात, खुल्ला रुपमा सन्देश प्रवाह गरि कुनै एकको पक्षधरता लिइएको हुन्छ भने कुनैमा ‘पोभटर्’ आर्थात, लुकाए र घुमाउरो शैलीमा सन्देश फ्याँकेर कुनै एक पक्षलाई समर्थन वा विरोध गरिएको हुन्छ ।

पत्रकारिता कल्पना र कोरा शिद्धान्तबाट मात्र चलेको छैन । यहाँ सन्देशहरुमार्फत हरेकका स्वार्थहरु छिपछिपे रुपमा लुकाइएका र घुसाइएका हुन्छन् । साना मिडियाले आफू टिक्नका लागि थोरै रकमको विज्ञापनका लागि आफ्ना कन्टेन्टहरु निर्माण गर्ने, कन्टेन्टहरु ‘हार्ड’ अवथा ‘सफ्ट’ बनाउने, कुन ‘कन्टेन्ट’ प्रयोग गर्ने या नगर्ने भन्ने निर्धारण गर्छन् भने आफुलाई ‘बिग मिडिया’ या ‘कर्पोरेट हाउस’ भन्नेहरु समाचारमा पक्षधरता घुसाइरहेका हुन्छन् । उनीहरु अरुबेला आम जनता ९ले म्यानहरुले० बुझ्ने शैलीमा व्यबसायीक पत्रकारिताको ढोंङ पिटे पनि आफ्ना ‘एलिट’ लेखकका ‘पेड आर्टिकल’हरु मार्फत ठूलो चलखेल गरिरहेका हुन्छ । कहिले उनीहरु ‘एलिट आर्टिकल’ मार्फत राजदूतको पद बार्गेनिङ गरिरहेका हुन्छन् भने कहिले उनीहरु ‘एमसीसी’ र ‘इन्डो–प्यासिफिक’ जस्ता बाहुआयामित र दूरगामी असर पार्ने खालका विषयमा पक्ष र विपक्षमा आफ्ना तर्कहरु सञ्चारमाध्यममार्फत आम पाठकको दिमागमा बिऊ छरिरहेका हुन्छन् ।

प्रजातन्त्रमा ‘बहुमतको कदर हुन्छ’ भनिन्छ । तर त्यो भनाइले समाजका हरेक ‘क्लस्टर’को प्रतिनिधित्व गर्दैन । त्यो व्यवहारिक पनि छैन । हरेक समाजका अल्पमतमा परेका वर्ग, समूदाय, क्षेत्र, लिंग, जातजाति आदि सबैलाई समेट्ने भनेकै पक्षधरताले हो । पत्रकारितामा एउटा ‘एलिट’ बर्ग छ । जो आफुलाई ब्यवसायीक भन्छ । साथसाथै समाजमा जनपक्षीय पत्रकारिता पनि छ । जसले आम शोषित, पिडित, र दमित वर्गको अधिकारका लागि आवाज बुलन्द पार्ने काम गर्छ । यसले अल्पमतमा पारिएका र नसुनिएका आवाजहरुलाई एकत्रित गरि उनीहरुको आवाजलाई एकै स्वरमा ठूलो स्वरले कराएको जस्तै बुलन्द पार्ने काम गर्छ । त्यसैले मिडियालाई ‘आवाज बिहीनको आवाज’ भनिएको हो ।

आवाज हुनेहरु त जहिले पनि शत्ता र शक्तिमै रहिरहन्छन् । तर जो शत्ता र शक्ति बाहिर बसेको छ उसको आवाज साशकको कानसम्म पु¥याउने काम पनि यीनै पक्षधर मिडिया र पक्षधरता बोकेका समाचारहरुले भूमिका खेलिरहेका हुन्छन् ।

प्रेस सल्लाहकारको काम नै पक्षधरता

कुनै पनि एनजीओ, आइएनजीओ, राष्ट्रपति, प्रधानमन्त्री, संघ, संस्था, नियोग, आयोग, प्रतिष्ठान, समिति, परिषद्, राजदूताबास आदिले प्रेस सल्लाहकार नियुक्ति गर्ने गरेका छन् । यो परम्परा नेपालमा मात्र होइन विश्वका अधिकाँश मुलुकमा अहिले पनि विद्यमान छ ।

पत्रकारिताको भाषामा प्रेस सल्लाहकारको अर्थ हुन्छ ‘स्पिन डक्टर’ । ‘स्पिन डक्टर’ले कुनै पनि पदमा बसेको मानिसलाई यस्तो सल्लाह दिन्छ कि जुन सल्लाहले अरुलाई ‘इस्यु डाइभर्ट’ अथवा तोडमोड गरेर घुमाउन सकोस् । यसबाट के प्रष्ट हुन्छ भने प्रेस सल्लाहकारको काम नै कसैको पक्षपोषण गर्नु र कसैको पक्षधरता लिनु हो ।

नेपाल पत्रकारमहासंघका पूर्व सभापति तथा ‘बरिष्ठ’ पत्रकार किशोर नेपाल स्वयम् नेपाल पत्रकार महासंघको सभापति भएकै बेला तत्कालिन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको प्रेस सल्लाहकार बनेका थिए । यसैले यतिबेला कुनै पनि मिडिया ‘टाइकुनहरु’ले आफु व्यबसायीक पत्रकार भएको कुरा तीन भित्ता उफ्रेर कुर्लिनु केवल पानी फोका मात्र हो भन्ने पुष्टि हुन्छ । आफ्नो स्वार्थको झोली भरिसकेपछि ब्यवसायीक पत्रकार हुँ भन्दै कुर्लिनुको कुनै तुक हुँदैन ।

व्यवसायीक पत्रकारिता ढोंङ

मानिस यो समाजको एक चेनतशील प्राँणी हो । त्यसैले यो समाजलाई आफ्नो माटो र परिवेश सुहाउँदो बनाउँदै लैजाने जिम्मा पनि आममानिसको हो । त्यसका लागि समाजका हरेक वर्ग चेतनशील त हुनु पर्छ नै त्यो भन्दा पनि बढि पत्रकारिता क्षेत्र चनाखो हुनु पर्छ । अहिले देखिएका केही ‘एलिट’हरुले जस्तै व्यवसायीक पत्रकारिताको ढोंङ पिटेर बसेको भए के हिजोको निरंकुश पञ्चायती शासन, राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासन र दमन अन्त्य हुने थियो तरु यसका लागि पक्कै पनि पक्षधरताको बाटो रोज्नु तत्कालीन कार्यदिशा थियो । आजका केही ‘एलिट’हरुकै पासोमा बेरिएर पत्रकारिता बरालिएको भए दश वर्षै जनयुद्ध हुँदै आज एकतन्त्रीय राजाको शासन अन्त्य भई नेपालमा लोकतान्त्रीक गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता यति चाँडै आउँदैनथ्यो किरु

अझै यो देशमा हजारौँ जनताले बलिदान दिएर प्राप्त गरेका उपलब्धीहरुमाथि धावा बोल्न केही पश्चिमा र विदेशी शक्तिहरु डलर खर्चिइरहेका छन् । उनीहरुले केही मिडियामा लगानीसमेत गरेका छन् । मिडिया मालिकहरु ‘ब्यवसायीक पत्रकारिता’को ललिपप बाँढ्दै आफ्ना ‘काला कर्तुत’ हरु मार्फत समाजसेवाको सुकिलो खोललाई घुर्मैलो बनाइरहेका छन् । यसबारे सबै बेलैमा सचेत हुन जरुरी छ । समयबद्ध साप्ताहिकबाट